शुक्रबार , बैसाख ७, २०८१

काठमाण्डु

गण्डकी प्रदेशसभाको बैठक भोली दिउँसो एक बजे सम्मका लागि स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले कोरोना परिक्षण गर्नुपर्ने माग राखेर संसद अवरोध गरेपछि बैठक केही बेर स्थगित भएको थियो ।

त्यसपछि कार्यब्यवस्था समितिको बैठक बसेर भोली दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो । भोली दिउँसो १ बजेभित्र सबै सांसद र कर्मचारीको पिसिआर रिपोर्ट आउने गरी परिक्षणको व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको हिजो पेस गरिएको अविश्वास प्रस्तावमा सांसदहरुले मतदान गर्ने कार्य सूची थियो ।

सरकार जोगाउन एमालेको खेल

नेकपा एमालेले एक दिन भएपनि सत्ता टिकाउने प्रयास गरेर जालझेल गरेको कांग्रेस सांसदहरुले आरोप लगाएका छन् ।

कार्यव्यवस्था समितिको बैठकबाट कार्यसूची निर्धारण भैसकेको अवस्था र सदन समेत सुरु भएपछि विरोध जनाउनुले एक दिन भएपनि सत्ता लम्ब्याउन खोजेको एक सांसदले बताए ।

उनी भन्छन्, ‘अरु केही होइन एमाले एक दिनमा पनि केही फेरबदल भैहाल्छकी भनेर आजको बैठकमा विरोध गरेको हो । नभए कार्यव्यवस्थाको बैठकमा केही कुरा नगर्नू, बैठकमा सहभागी भएर प्रकृया अगाडी बढेपछि पिसिआर चाहिने ?’

सरकार ढल्ने पक्का भएपछि जालझेल गरेर लम्ब्याउन खोजेको उनको भनाइ छ । सरकार लम्ब्याउन कै लागी एमालेले पिसिआरको सहारा लिएको उनको आरोप छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि प्रस्ताव पेश गर्दै नेपालीले अविश्वास प्रस्तावको पक्षमा मतदानको लागि आह्वान गरे ।

अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदको हस्ताक्षर छ ।

राष्ट्रिय जनमोर्चाका ३ जना सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सहमति भएको नेपालीले प्रदेशसभामा जानकारी गराएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अहिले कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका २ सांसद छन् ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरुले बताएका छन् ।

यसले सरकार अल्पमतमा परेको छ । तर सरकार जोगाउन र गिराउन विभिन्न कसरतहरु दलहरुबीच भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय