शुक्रबार , चैत्र १६, २०८०

सिन्धुली ।

कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीकी सालीको व्यक्तिगत निवेदनले रानीचुरी स्वास्थ्य चौकीकी एक कार्यालय सहयोगीको जागिर चट भएको छ ।

काममा इमान्दार, समयमै काम आउने र सबै काम इमान्दाररिताका साथ पुरा गर्ने रानीचुरी स्वास्थ्य चौकीकी कार्यालय सहयोगी रुद्र कुमारी खत्रीको जागिर त्यहि निवेदनका आधारमा गएको छ ।

मेयरकी कान्छी साली कनपा ११ बेसारे घर भएकी प्रमिला बस्नेतले स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई दिएको व्यक्तिगत आक्षेपको निवेदनको भरमा कमलामाई नगरपालिकाले कार्यालय सहयोगी खत्रीसँगको करार सम्झौता भंग गरेको छ ।

खत्रीलाई बस्नेतले ‘खत्रीका कारण आफ्नो घरमा कलह भईरहने तथा पारिवारिक अवस्था जटिल बन्दै गएको भन्दै स्वास्थ्य संस्थाबाट हटाई मेरो परिवार मिलान गरि पाउँ र आम रुपमा छलफल गरि न्याय दिलाई पाउँ’ भन्ने व्यहोराको निवेदन दिएकी थिईन ।

बस्नेतले उक्त निवेदन २०७७ फागुन १८ गते रानीचुरी स्वास्थ्य व्यवस्थापन समितिमा दिएकी थिइन ।

समितिका अध्यक्ष तथा वडा नं. ११ का अध्यक्ष राम बहादुर थिङले उक्त निवेदन फागुन २६ गते स्वास्थ्य चौकी इन्चार्जलाई तोक लगाई बैठकमा पेश गर्न निर्देशन गरेका थिए ।

त्यो निवेदनमाथि व्यवस्थापन समितिमा चैत २ गते छलफल त भयो तर पीडित र पीडक भनिएका दुवैजनालाई सहभागि गराईएन ।

समितिको बैठकले निवेदकलाई प्रमाण पेश गर्न र आरोप लगाईएकी कर्मचारीलाई सफाई पेश गर्न ७ दिनको म्याद सहितको निर्देशनात्मक निर्णय ग¥यो ।

त्यो निर्णयपछि महिला कर्मचारी विरुद्ध उजुरी हाल्ने प्रमिलाले प्रमाण पेश गरिनन तर कर्मचारीले चैत ८ गते आफुमाथि लगाइएका आरोप गलत भएको र मैले इमान्दारिता पूर्वक काम गर्दा गर्दै पनि कसैको रिसइवी तथा आरोपका भरमा जागिर खानु कतिको न्यायोचित हो ? भनि प्रश्न गर्दै आरोपबाट सफाई माग गरेर निवेदन दर्ता गराएकी छिन । उनलाई चैत २ गतेको बैठकले आरोप खण्डन हुने प्रमाण मागेको थियो ।

कार्यालय भित्रको समस्या नभएकाले उक्त प्रमाण आरोप भोगेकी कर्मचारीले दिनु आवश्यक थिएन र मागिनु गलत थियो ।

चैत ११ गते व्यवस्थापन समितिको अर्को बैठक बसेको देखिन्छ । उक्त बैठकले रुद्रकुमारीलाई जागिरबाट निकाल्ने आधार नपाएपछि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीलाई प्रमिलाको निवेदन, रुद्रकुमारीको जवाफ र कारवाहि गर्न नसकेको निर्र्णय पेश गर्छ ।

मेयर खत्रीको ठाडो आदेशमा रुद्रकुमारी जागिरबाट निकालिन्छिन ।

रुद्रकुमारीका अनुसार आफुलाई आरोपको बाहेक जागिरको बारेमा कुनै पनि स्पष्टीकरण नसोधिएको बताइन ।

‘मलाई त्यो निवेदन र जागिरका विषयमा छलफलमा पनि बोलाइएको छैन’ उनले भनेकी छिन ।

‘प्रमिलाको परिवारमा के कारणले झगडा हुन्छ म जान्दिन । मलाई अनावश्यक आरोप लगाइयो, मेरो वेइज्जत गर्न खोजियो’ बस्नेतले भनिन । खत्रीका श्रीमान वैदेशिक रोजगारमा छन ।

उनी भन्छिन, ‘मलाई एक्लो देखेर हेपियो, न्याय चाहियो ।’ ‘कसैको घर विगार्ने आरोप सानो हैन, मैले कसरी तिनको घर विगारें प्रमाणित होस ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय