
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभावति रवि लामिछानेले आफूमाथि बारम्बार मुद्धा पर्न थालेपछि आक्रोश पोखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले बारम्बार एउटै विषयलाई कोट्याएर दिक्क लगाइएको भन्दै अक्रोश पोखेका हुन् ।
‘मुद्धा हाल्नु र मुद्धा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् ।’, रविले लेखेका छन्, ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ ।’
लामिछानेले सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नम्बर २२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य यकिन भएको बताएका छन् । त्यस्तै, उनले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गरेकोसमेत बताएका छन् ।
त्यस्तै, उनले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले जेठ ९ गते नै सर्वोच्च अदालतमा बुझाइसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८० ०२ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं । टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं ।’
रविले आफ्नो स्टाटासको अन्तिममा घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ भन्दै सांकेतिक रुपमा चेतावनीसमेत दिएका छन् ।
छुटाउनु भयो कि ?
एभरेष्ट बैंक प्रकरण : सेयर र जुवामा पैसा फसेपछि निरजले बनाएका थिए ग्राहकको पैसा चोर्ने योजना, र त्यसपछि…
प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार
Hamro Parto AD
DISH HOME
प्रतिक्रिया दिनुहोस्
WORLDLINK AD
VIANET AD
KAMANA SEWA BIKAS BANK AD
CITIZENS LIFE INSURANCE
SHINE RESUNGA
MAHALAXMI BIKAS BANK AD
ताजा अपडेट
नं. १
शुक्रबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?
नं. २
यस्तो छ शुक्रबार फलफूल तथा तरकारीको मूल्य
नं. ३
इण्डो-नेपाल-बंगलादेश मिडिया कन्क्लेभ अगरामा सम्पन्न
नं. ४
नयाँ वित्तीय प्रणालीले जम्मू-कश्मीरलाई नयाँ उचाइमा पुर्यायो
नं. ५
नेपालमा खासै प्रयोग नै नहुने विद्युतीय चुरोट लाखौँको संख्यामा चीनबाट किन भित्रियो ? तस्करीको आशंका !
नं. ६
कालोसूचीमा परेको चिनियाँ