शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षसम्म जनतालाई ढाँटेर प्रचण्डले सत्ता र आसपासमा समय बिताएको आरो’प लगाएका छन्।

यतिबेला प्रचण्ड-नेपाल समूहका नेताहरु आत्तिरहेको बताउँदै उनले देश बनाउने उद्देश्य नबोकेका केही तत्वहरु पार्टीबाट बाहिरएको बताए।

आफूलाई काम गर्नै नदिने वातावरण सिर्जना गरेकोले संसद विघटन गरेर चुनावमा जान लागेको स्पष्ट पारे।

बुटवलमा शनिबार ओली समूहको सभालाई सम्बोधन गर्दै उनले कठैबरा भन्नुपर्ने किसिमका मानिस पार्टीबाट नबाहरिएकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

ओलीले भने, ‘पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, पार्टीलाई अनुशासनहीन र आचरणहीन देखाउने, गुटबन्दीलाई बढावा दिनेहरु बाहिरएका हुन्।’

 

यो पनि पढ्नुहोस् ।

 

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल हुने भएको छ ।

त्यसबाहेक पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।

कांग्रेस, माओवादी र जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । नेताहरूका अनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै माओवादीले समर्थन फिर्ता लिने भएको छ ।

तर, जसपाले औपचारिक रूपमा निर्णय नगर्दा अविश्वास प्रस्तावमा ढिलाइ भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

उनका अनुसार अब जसपाले निर्णय गरे वा नगरे पनि एक–दुई दिनमा अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भएको छ ।

कांग्रेस र माओवादीले भने ओली नेतृत्वको सरकार ढाल्ने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय