डा. वावुराम भट्टराई सम्मिलित जसपामा बैठक बोलाउने विषयमै विवाद

काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताहरुको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने बिषयमा विवाद भएको हो ।

छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए ।

जसपाका एक नेताका अनुसार भट्टराई र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्ने प्रस्ताव गरेका थिए ।

तर, ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका थिए ।

जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् ।

तर, जसपाले औपचारिक निर्णय नगरे पनि कांग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् ।

जसपामा ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले आफूहरुलाई सहयोग गर्ने अपेक्षा कांग्रेस र माओवादीको छ ।

 

यो पनि पढ्नुहोस् ।

छलफलमा जुटे जसपाका शीर्ष नेता

सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए ।

त्यसबारे निर्णय गर्न शीर्ष नेता छलफलमा बसेको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए ।

कान्तिपुर

२०७८ बैशाख १४, मंगलवार ०९:४३ गते 1 Minute 66 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार