मंगलबार , बैसाख ११, २०८१

उत्कृष्ट अलराउण्ड प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले बिश्वकप छनोट गुमाउने सम्भावना !२०२३ आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको १२ औं संस्करण जुन र जुलाई २०२३

 

मा जिम्बाब्वेमा हुने तय भएको छ। यो क्रिकेट विश्वकप छनोट प्रक्रियाको अन्तिम चरण हो र यस प्रतियोगितामा अब्बल प्रदर्शन गर्ने मध्येबाट विश्वकपका लागि अन्तिम दुई सहभागीहरू तय हुनेछन्।नेपालको इतिहासमा छनोट भएमा पहिलो पल्ट यो फम्र्याटको बिश्वकप खेल्ने भएकाले पनि नेपालमा

 

जिम्बाबे होस्ट रहेको यो प्रतियोगितालाई बिशेष महत्वका साथ हेरिदैँ आएको छ । नेपाल पछिल्लो समय उत्कृष्ट लयमा रहेको र टिम पनि ब्यबस्थित, मर्यादित र एकताबद्ध रहेकाले नेपालले छनोट हुने सम्भावना बलियो देखिन्छ ।

 

बिश्व क्रिकेटमा बलियो स्थान बनाएका र पटकपटक बिश्वकप खेलेर जित हासिल गरिसकेका टीम पनि सो चरणमा रहेकाले नेपालीलाई चूनौती त छदैंछ तर नेपालको उर्जावान टीमलाई हराएर टेस्ट राष्ट्रहरुलाई सहजै क्वालीफाई हुने अबस्था भने देखिदैन् ।

 

जुलाई २०२० मा, जिम्बाब्वे क्रिकेटले क्वालिफायर आयोजना गर्ने घोषणा गर्‍यो। जिम्बाब्वेले मार्च २०१८ मा अघिल्लो छनोट प्रतियोगिता आयोजना गरेको थियो। डिसेम्बर २०२० मा जिम्बाब्वे प्रतियोगिताको आयोजकको रूपमा यसअघि ने घोषित भइुसकेको छ । नेपाल पनि क्वालीफाई भइसकेकाले यो प्रतियोगिता अझै रोचक बन्ने छ । नेपालका उत्कृष्ट ब्याट्समेनहरु र स्पिनर जोडी ललित राजबशीं र सन्दीप लामिछाने जितमा ठूलो योगदान गर्नेछन् भने फास्ट बलरको नेतृत्व करन, सोमपाल, प्रतिश जिसी र गुल्सनले सम्हाल्नेछन्।

 

लामो समयदेखि आफ्नो प्रतिकुल परिस्थिीतका बाबजुत पनि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले ग्लोबल क्वालिफायर गुमाउने सम्भावना बढेर जाने देखिएको छ । लोकप्रिय खेलाडी ब्रेट ली देखि बर्तमान पुस्ताका उत्कृष्ट बलर मानिने राशिद खानको रेकर्ड ब्रेक गर्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने टीममा नहुँदा नेपाली टीमलाई क्वालीफाई हुन सजिलो हुने देखिदैन् ।

 

अदालतको सेडुअलहरु मिलाउँदा र अन्य विविध पक्षहरुलाई ब्यबस्थापन गर्दा सन्दीप लामिछानेको पेशी ग्लोबल क्वालिफायर्सकै समयमा हुने सम्भावना बलियो देखिन्छ । युवतीले क्षतिपूर्तिको मागसहित नयाँ उजुरी दर्ता गरेपछि यो केश झनै जटिल बनेको छ भने यसलाई बहुआयामिक दृष्टिकोणबाट सुक्ष्म ढगंले बिश्लेषण गर्नुपर्ने भएकाले पनि यो केश थप जटिल बनेको अदालत स्रोत बताउँछ । सन्दीप लामिछानेको पक्षबाट वकालत गरिरहेका वकिलहरु पनि नयाँ नयाँ विषयहरु झिकेर केसलाई थप जटिल बनाउन लागिएकाले आफुहरुमाथी झनै अन्याय भएको बताइरहेका थिए ।

 

सर्वोच्च अदालतले पनि युवती नावालिका नरहेको र बलात्कार पुष्टि हुने आधार देखा नपरेको विवरण समर्वजनिक गरेका बेला युवतीले क्षतिपूर्तिको माग गर्नुले यो केशलाई झनझन पेचिलो बनाउँदै लगेको देखिन्छ । यहि केशको जटिलतामा भएको बढोत्तरीले लामिछानेले क्वालीफायर मात्रै होईन क्रिकेट यात्रामा अझै दिर्घकालिन असर पर्ने बिश्लेषकहरुको तर्क छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

नेपाली क्रिकेटका लागि आईसीसीबाट आयो यति ठूलो खबर

नेपाली क्रिकेटका लागि आईसीसीबाट आयो यति ठूलो खबर

पागलपनले बनेको क्रिकेटरः १० वर्षको उमेरमा घर छाडे, मुम्बईमा बटिक्न पानीपुरी बेचे

पागलपनले बनेको क्रिकेटरः १० वर्षको उमेरमा घर छाडे, मुम्बईमा बटिक्न पानीपुरी बेचे

अभ्यास खेल खेल्न साउँथ अफ्रिका भ्रमण गर्ने नेपालको तयारी

अभ्यास खेल खेल्न साउँथ अफ्रिका भ्रमण गर्ने नेपालको तयारी

एन्फामा ईतिहासकै ठूलो घुसखोरीः फुटबल खेलाडीको तलब १८०००, पदाधिकारीको तलब करोडौं

एन्फामा ईतिहासकै ठूलो घुसखोरीः फुटबल खेलाडीको तलब १८०००, पदाधिकारीको तलब करोडौं

भर्खरै

ट्रेण्डिङ

१.

 

कमेडि च्याम्पियन हार्नेभन्दा जित्ने भरतमणी ठूलो तनावमा !

२.

 

उत्कृष्ट अलराउण्ड प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले बिश्वकप छनोट गुमाउने सम्भावना !

३.

 

४ करोडको लगानीमा ‘पशुपति प्रसाद २’ बन्यो

४.

 

‘विशेष प्रहरी’ भन्दै धम्क्याउने चार जना बेरोजगार युवक पक्राउ

५.

 

लभस्टोरी फिल्म बनाएर नयाँस्वाद चखाउने तयारीमा भुवन केसी

६.

 

आरजु पक्राउ पर्ने भएपछि आईजीपीको मुख कसले थुन्यो ?

७.

 

२६ वर्षपछि बलिउड फर्किँदै ज्योतिका

८.

 

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा

९.

 

रेशम चौधरीलाई न्याय नदिए सर्वोच्च अदालतमा आगो बाल्ने धम्की दिने कथित नेतृ एलिजा गौतम को हुन् ?

१०.

 

कामीरिता २७ औं पटक सगरमाथा शिखरमा

हाम्रो बारेमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय