शुक्रबार , बैसाख ७, २०८१

२५ लाख पाइन्छ भनेर खुसी भएका कमेडी च्याम्पिएनका बिजेता भरतमणीले पाए जम्मा १४ लाख २५ हजारकमेडी च्याम्पियन सिजन २ मा विजेताले पाउनु पर्ने पुरस्कारको रुपमा एक कार र नगद २५ लाख भनिएको थियो ।

 

त्यो पुरस्कार र टाइटल जित्नका लागी कमेडीयनहरु निकै प्रतिस्पर्धामा थिए । त्यही प्रतिस्पर्धाबाट भरतमणी पौडेल विजेता बने । भरतमणिले सोचेका थिए एउटा कार र नगद २५ लाख रुपैया पाउँछु । तर अहिले भरतमणिले आश्चर्यमा परेका छन् ।

 

विजेता भएकै दिन कार देखाइयो र केही समयमा उनलाई हस्तान्तरण पनि गरियो तर नगद रकम लामै समय उनको हातमा परेन । ढिलै भए पनि आउला नि भनेर भरतमणी चुप बसे । बिजेता बनेको एकबर्ष पुग्न लाग्दा उनले पाउनुपर्ने रकम बल्ल पाए । ढिलै भए पनि भरतमणिले २५ लाख आउने भयो भन्ने सोचेका थिए तर उनको हातमा जम्मा १४ लाख २५ हजार मात्र२५ लाख आउने भयो भन्ने सोचेका थिए तर उनको हातमा जम्मा १४ लाख २५ हजार मात्र आयो । भरतमणी आश्चर्यमा परे, किन यति थोरै रकम आयो भनेर ।

 

हिमालय टेलिभिजनको ‘सेलेब्स टक शो’मा गरिएको कुराकानीमा भरतमणीले आफूले २५ लाख भनिएकोमा जम्मा १४ लाख २५ हजारमात्र पाएको बताएका छन् । उनले आकस्मिक लाभान्स कर सँगै विभिन्न कर काटिएर त्यति रकम पाएको बताए । ‘मलाई थाहा थिएन यति थोरै आउँछ भन्ने कुरा । अलि–अलि काटिएला भन्ने लागेको थियो तर झण्डै आधा नै काटिँदा अचम्ममा परेँ ।’ भरतमणीले भनेका छन् । ‘पछि केके कुरा काटियो भनेर सोधे तर विभिन्न करको लिस्ट नै देखाउनुभयो । केही भन्न मिलेन ।’ उनका अनुसार आफूले पुरस्कारको रुपमा पाएको कारको पनि विभिन्न कर भनेर त्यहि रकमबाट काटिएको हो ।

 

उनले अहिले आएर दुख मानेर, असन्तुष्ट व्यक्त गरेर केही नहुने भन्दै मन बुझाएको बताउँछन् । साथै उनले अहिलेसम्म आफूले पाएको कार आफ्नो नाममा पास नगरिदिएको भन्दै गुनासो पोखेका छन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई

 

पनि बारम्बार भनेको तर अहिलेसम्म केही नभएको बताएका छन् । भरतमणीले कुनै पनि विजेताले पाउने पुरस्कारमा कर नकाटिदिए हुन्थ्यो भन्छन् । उनी भन्छन्, ‘बरु थोरै नै यति पाइन्छ भनिदिए हुन्थ्यो होला । त्यसमै खुसी भइन्थ्यो ।’

 

पछिल्लो समय भरतमणी विभिन्न स्टेजमा व्यस्त छन् । अहिलेसम्म चार वटा देशमा प्रस्तुतिकै लागी पुगेका उनले कुनै टेलिभिजनका शोमा आबद्ध भएर काम भने गरेका छैनन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय