शनिबार , बैसाख ८, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच को भेटवार्ता सम्पन्न भएका छ। डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।

बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका थिए ।

यद्यपि छलफलमा कुनै प्रगति नभएको माधव नेपालको प्रतिक्रिया छ ।

वार्ता सकिए लगत्तै म्यारिएट होटलबाटै प्रतिक्रिया दिँदै नेता नेपालले ब्याक टु मंगलमान अर्थात् घुमीफिरी रुम्जाटार भएको बताएका छन् । दुवै नेताबीच दोस्रो दिनको छलफल तिक्ततापूर्ण भएको पाइएको छ ।

यो पनि पढ्नुहोस् ।

एमालेद्धारा गण्डकी प्रदेश सभा अवरुद्ध

काठमाडौं ।

नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ। मंगलबार बसेको बैठकमा पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरोध गरेको हो। नेकपा एमालेका गण्डकी प्रदेश सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गरे।

गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गरे।

सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गरेका छन्। सत्तापक्षका सांसदहरुको अवरोधपछि प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

newsofnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय