मंगलबार , बैसाख ४, २०८१

कालीगण्डकी करिडोर प्रसारणलाइन असारभित्र ल्याउने तयारी, लाइन नबने ३०० मेगावाट विद्युत खेर जानेकाठमाडौं। कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाको निर्माण अगामी असार भित्र सक्ने लक्ष्य लिएको छ।

 

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भएर पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारणलाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ।

 

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा-२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। पहिले खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्।

 

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारणलाइन निर्माण अन्तिम चरणमा छ। यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये पर्वतमा तीनवटा, रुपन्देहीमा पाँचवटा र पाल्पामा एउटा निर्माणाधीन छन्। निर्माण सम्पन्न भएका टावरहरुमा तार तानेर सकिएको छ।

 

नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमा पर्ने १७ वटा टावरहरु निर्माण सम्पन्न भइसकेको छ। ५.६ किलोमिटर मल्टी सर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी रहेबडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि १ हजार १ सय ५० रुख कटान गर्नुपर्ने छ। मन्त्रिपरिषदबाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख कटानका लागि स्वीकृति भइसकेको छ। वन तथा भू-संरक्षण विभागसँग सम्झौता गरी रुख कटान आदेश लिने प्रक्रियामा रहेको छ।

 

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले रुपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारणलाइन निर्माणस्थलको अनुगमन भ्रमण गरी असार भित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताघिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेटेर राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइनको निर्माण सम्पन्न गर्ने आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे।

 

‘यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ३ सय मेगावाट विद्युत प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभइ देशकै लागि घाटा हो,’ उनले भने ‘निर्माण अन्तिम चरणमा पुगेको यस लाइनलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिनु पर्‍यो।’एको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय