मंगलबार , बैसाख ११, २०८१

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीलाई आरोपबाट नभाग्न सुझाव दिएका छन् ।

 

बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले रायमाझीलाई प्रहरीमा हाजिर भएर सहयोग गर्न सुझाव दिए । ‘आरोपबाट तर्कन खोज्यो, आरोपबाट उम्कन खोज्यो, भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ ।

 

 

त्यसकारण सच्चाईको सामना गर्नुपर्छ’, ओलीले भनेका छन् ।एक घण्टाभन्दा लामो सम्बोधनमा एमाले अध्यक्ष ओलीले नेपालमा भुटानी शरणार्थी समस्यादेखि तेस्रो मुलुक पुनस्र्थापनाको प्रक्रियाबारे लामो व्याख्या गरे ।

 

 

तर नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई फसाउन राज्यसत्ता लागेको ओलीको निष्कर्ष थियो । ‘अलिअलि केस बुझेको हुनाले सोझै पैसा बुझ्नेहरु छोड्ने, अनि टोपबहादुरलाई पक्राउ पूर्जी जारी गर्ने किन गर्‍यो होला ? मैले प्रश्न गर्‍या हो । किन यस्तो गर्‍यो होला ?’,

 

 

ओलीले भने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरण छानबिनका क्रममा प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले २० वैशाखमा रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर बिहीबार दिउँसोसम्म रायमाझी फरार छन् ।

 

 

 

ओलीले बैठकमा रायमाझी हिजै (बुधबार) पक्राउ पर्ने सूचना पाएको बताएका छन् । ‘हिजो हाजिर हुन आउनुहुन्छ भन्ने सुनेको थिएँ । त्यो कुरा चाहिँ पूरा भएन’, ओलीले थप भने, ‘हिजो हाजिर हुँदै हुनुहुन्छ भनेर सरकारी स्रोतबाटै बुझेको थिएँ । तर पछि किन हाजिर हुनुभएन,

 

 

थाहा भएन ।’एमालेले हिजो रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको केही समयभित्रै एमालेले रायमाझीलाई निलम्बन गरेको हो । निलम्बनको निर्णयपछि पनि रायमाझीका निकट मान्छेसँग कुरा भएको ओलीले बताए ।

 

 

‘त्यो फैसला सुनिसकेपछि उहाँको निकटका मान्छेबाट (फोन नम्बर त मैले राख्दिनँ) कतैबाट मलाई फोन आयो । के गर्ने हो भनेर’, केन्द्रीय सदस्यहरुलाई ओलीले ब्रिफिङ गरे ।जवाफमा आफूले प्रहरी समक्ष हाजिर हुन सुझाव दिएको उनले बताए । ‘पार्टीले फैसला गरेको सुनिहाल्नुभयो होला । हाम्रो नीति यस्तो छ भनेर बताइदिनुहोस् उहाँलाई ।

 

 

 

उहाँले आफूलाई प्रहरी समक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ’, ओलीले भने, ‘हाम्रो सुझाव यो छ र पार्टीको निर्देशन पनि त्यही छ । यो कुरा उहाँलाई सुनाइदिनुहोस् भनेर उहाँका निकटका भनिएका मान्छेहरुलाई भनेको थिएँ ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय