शनिबार , बैसाख ८, २०८१

Omg भखरै मन्त्री चडेको हेलिकप्टर संखुवासभामा दुर्घटना रुवाबासी भयो यति धेरैको ज्यान गयो हेर्नुहोस भिडियो सहितयो पनि

 

संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिएका छन् ।

 

उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको छ हो । भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन् ।

 

त्यस्तै हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए ।

 

उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ । उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले भने घाइते को हुन् भन्नेबारेमा थप विवरण आउन बाँकी रहेको डीएसपी बताएका छन् । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय