भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ: ओलीनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन्।

 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए।

 

‘भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट,’ ओलीले भने, ‘हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौंउनले भ्रष्टाचार भएका छन् भने निष्पक्ष ढंगबाट छानबिन गरिनुपर्ने बताए। पार्टीका नेता टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार एमालेले सचिवबाट निलम्बन गरेको थियो।

 

त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छाडेर कसरी, कसलाई तेजोवद गर्न सकिन्छ भन्ने कुरा पनि त्यसमा चलेका छन्,’ उनले भने।

 

 

ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने ‘कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउन परेको थियो भन्ने अभिव्यक्ति। गणतन्त्रमा भ्रष्टाचार हुन्छ, राजतन्त्रमा भ्रष्टाचार हुँदैन भन्ने भाष्य अर्को ढंगबाट स्थापित गर्न

 

 

खोजिएको छ। जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुन सक्छ,’ उनले भने, ‘भ्रष्टाचार गरेमा थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छबताए।।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय