बिहिबार , बैसाख ६, २०८१

चालु आर्थिक वर्षको ९ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रियो

 

 

 

चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।

 

गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१.५ प्रतिशतले बढेर ३ लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार ९ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९.९ प्रतिशतले बढेको थियो ।

 

 

छुटाउनु भयो कि ?

अजोड इन्साइडर ट्रेडिङ प्रकरण : ‘दबाब थेग्न नसकेपछि, घटना सेलाईसक्यो भन्दै कम्पनीलाई उन्मुक्ति दिन चलखेल…!’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय