बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

धनगढी, वीरगन्ज

स्वास्थ्य सेवा र पूर्वाधार कमजोर रहेको सुदूरपश्चिममा कोरोना संक्रमण ह्वात्तै बढ्नेबित्तिकै स्वास्थ्य सेवा तहसनहस हुने अवस्था सुरु भइसकेको स्वास्थ्यकर्मीले बताएका छन् ।

धनगढीस्थित कोरोना अस्पतालमा उपचाररत संक्रमित (भित्री कक्षमा) को निगरानी गर्दै स्वास्थ्यकर्मी । तस्बिर : अर्जुन शाह/कान्तिपुर
‘कडा खालको संक्रमण बढेको सुरुकै अवस्थामा हेल्थ सर्भिस कोल्याप्स हुने लागिसक्यो,’ सेती प्रादेशिक अस्पतालमा संक्रमितको उपचारमा संलग्न कन्सल्ट्यान्ट फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलले भने, ‘व्यवस्थापन हेर्ने निकायले समय छँदा वास्ता गरेनन्, अब त्यो मौका नरहन सक्छ ।’

भारतको अवस्था हेर्दा हामीलाई तयारी गर्ने केही समय अझै बाँकी रहेको देखिए पनि व्यवस्थापनको जिम्मेवारीमा रहेकाहरूले बेवास्ता गरिरहेकामा उनले आक्रोश पोखे ।

जनशक्ति अभाव पनि उत्तिकै जटिल बन्दै गएको छ । सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको प्रादेशिक अस्पतालअन्तर्गत गत वर्षदेखि ५५ शय्याको कोरोना अस्पताल सञ्चालनमा छ ।

अस्पतालमा १० आईसीयू र ३ वटा भेन्टिलेटर रहँदा सञ्चालन तथा उपचारको जिम्मेवारी ११ जना नर्सिङ स्टाफको काँधमा छ । मापदण्डअनुसार एक बेड आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि एक जना तालिम प्राप्त फिजिसियन, एक जना एनेस्थेसियन, एक जना जीपी, दुई जना तालिम प्राप्त नर्सिङ स्टाफ चाहिन्छ ।

‘मापदण्डअनुसार स्वास्थ्यकर्मीको त कुरै छाडौं, नर्सिङ स्टाफबाहेक कसैको पनि ड्युटी तोकिएको छैन । कुनै–कुनै बेला मेडिकल अधिकृतहरू आउनुहुन्छ, त्यो पनि रेगुलर होइन,’ धनगढीस्थित सेती प्रादेशिक अस्पतालकी नर्सिङ इन्चार्ज सीमा शर्माले भनिन् । एउटा भेन्टिलेटर सोमबार बिग्रिएपछि अब २ वटा मात्रै चालु छन् ।

‘तत्काल भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका १० जना संक्रमित छटपटाइरहेका छन्,’ शर्माले भनिन्, ‘अस्पताल भन्नु मात्रै, हामीले केही गर्नै सकिरहेका छैनौं । हेर्दाहेर्दै पछिल्लो ३ दिनमा ५ जनाको मृत्यु भइसकेको छ ।’

जनशक्ति र पूर्वाधार अभावमा सेवा दिनुपर्ने बाध्यताले तनाव झेलिरहनुपरेको उनीहरूको गुनासो छ । शर्माले भनिन्, ‘कोरोना अस्पताल १५ स्टाफले धानिरहेका थियौं, चार जनालाई संक्रमण भइसक्यो । अरूलाई पनि देखिए अस्पताल बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले सिकिस्तको उपचारमा समस्या भइरहेको बताए । ५५ जना भर्ना छन् । १० आईसीयू र २५ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ ।

‘अक्सिजन सपोर्टमा राखिएकामध्ये १० जनालाई आईसीयूमा सार्नुपर्ने भए पनि खाली छैन,’ उनले भने । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरका सरकारी स्वास्थ्य संस्थामा आईसीयूको कुल संख्या ६८ छ ।

यसमा कोभिडका लागि छुट्याइएका आईसीयू २७ वटा मात्रै छ । यस्तै ३८ वटा भेन्टिलेटरमध्ये कोभिडका लागि १९ वटा छन् ।

‘धनगढी, महेन्द्रनगर र डडेलधुरा अस्पतालका आईसीयू, भेन्टिलेटर मात्रै सञ्चालनमा छन्,’ निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले भने ।

महाकाली अस्पतालमा ११ वटा भेन्टिलेटर भए पनि जनशक्ति अभावमा ६ वटा मात्रै सञ्चालनमा छन् । प्रदेशमा आइसोलेसन बेड संख्या ७ सय ५१ छ । २ सय ५८ जना संक्रमित आइसोलेसनमा छन् ।

एउटा शय्यामा तीन संक्रमित

बिरामीको चाप बढेपछि वीरगन्जको नारायणी अस्पतालको आकस्मिक विभागको एउटै शय्यामा तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ । संक्रमण दर उच्च रहेको पर्सामा उपचारार्थ आउनेका तुलनामा शय्या अपुग छ ।

संक्रमितको उपचारका लागि अस्पतालले आकस्मिक विभागको एकापट्टि आइसोलेसन वार्ड र अर्कोपट्टि आकस्मिक कक्ष सञ्चालनमा ल्याएको थियो ।

संक्रमित संख्या बढेपछि आकस्मिक कक्षमा आएका कोरोना शंकास्पदलाई पनि पुष्टि भएका संक्रमितसँगै राखेर उपचार थालिएको छ । वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार संक्रमितको संख्या निकै बढेको छ ।

‘दिनदिनै नयाँ–नयाँ मान्छे कडा खालको संक्रमण बोकेर अस्पताल आइरहेका छन्,’ उनले भने ।

एक रातमा ठूलठूला ५० वटा अक्सिजन सिलिन्डर खपत भइरहेको उनले बताए । ‘होम आइसोलेसनमा बसेका संक्रमित र तिनका परिवारले फोन गरेर अक्सिजन लेभल तल गयो, अस्पतालमा बेड मिलाइदिनुपर्‍यो भनिरहेका छन्,’ उनले भने, ‘सरकारी अस्पतालको आइसोलेसन वार्ड मात्र होइन, निजी अस्पताल पनि संक्रमितले भरिएका छन् । मैले कहाँ र कसरी बेड मिलाउँ ?’

अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार नारायणीको आइसोलेसनमा ४९ जनाको उपचार भइरहेको छ । ‘भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिइरहेका छौं,’ उनले भने ।

दुई सातामा नारायणी अस्पतालमा परीक्षण गराउनेमध्ये ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय