चरिकोट ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कर्णाली प्रवृत्तिले देशलाई थप अराजकता तर्फ धकेल्ने बताउनुभयो ।

सोमबार गृह जिल्ला दोलखाको जिरी नगरपालिका स्थित वडा कार्यलय उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

‘दुई तिहाइ बढीको कम्युनिस्ट सरकारलाई प्रतिपक्षले भन्दा पनि आफ्नै पक्षले घेराबन्दीमा पार्ने क्रम अझैपनि जारी रहेको छ’ उहाँले भन्नुभयो, ‘नेकपा एमाले र माओवादी केन्द्रको एकता टुटाउने समुह नै सर्बोच्च अदालतको फैसला पछिको नेकपा एमाले फुटाउन उद्दत छन् ।’

त्यसको ज्वालन्त उदाहरण कर्णाली प्रदेश सभाको फ्लोर क्रस रहेको बताउँदै उहँले थप्नुभयो ‘संसदीय पद्धतिमा ‘ह्वीप’ उल्लंघन या ‘फ्लोर क्रस’ गर्नुलाई उचित ठानिँदैन र मर्यादित अभ्यास पनि ठानिँदैन ।’

दलीय पद्धतिमा संसदबाट महत्वपूर्ण निर्णय लिँदाका बखत संसदीय दलले सचेतकमार्फत ‘ह्वीप’ लगाउँने बताउँदै मन्त्री गुरुङले भन्नुभयो ‘फ्लोर क्रसले संसदीय अभ्यास बिथोलिन पुगेको छ।

कानुन निर्माणको मूल थलो सदनभित्र ‘अराजकता’ उत्पन्न भएको छ। यसको मार सिंगो मुलुकमा परेको छ ।

कर्णाली पथ, अपराधीक पथ भएकोले राजनीतिक संस्कारको हत्या भएको र त्यसले जनताको मतको अवमूल्यन गरेको उहाँको भनाई थियो ।
सरकार आजै ढाल्यो, भोलि ढाल्यो, भन्ने अवस्थामा पनि विकास निर्माणको काम नरोकिएको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले सोमबार जिरी नगरपालिका वडा नम्बर –९ चिपचिपे र वडा नम्बर–७ सुन्ट्याकको नवनिर्मित वडा कार्यलय भवन उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय