सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् ।

जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ ।

ठूला व्यवसायीको लगानी रहेको विमानमाभरि यात्रु बोक्न दिने, बसमा यात्रु किन बोक्न नदिने ? भन्दै उनीहरुले गाडीमा पनि सिट क्षमता अनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारीलाई रोक्दै विमान चलाएर महामारी नरोकिने बताए । ‘

हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं,’ उनले भने, ‘तर, हामीले सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?’

आन्तरिक उडानमा यात्रुबीच दूरीको नियम पालना हुँदैन । विमानका यात्रु र वायुसेवा सञ्चालकले जे–जे मापदण्ड पालना गर्छन्, हामी पनि त्यो पूरा गर्न आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।

‘सरकारले बसमा विमानमा भन्दा सानो लगानी छ भनेर द्वैध खालको नीति लिँदा यात्रु र व्यवसायी मर्कामा पर्छन्,’ सिटौला भन्छन्, ‘ कि बस चढ्न बाध्य गरिब नागरिकले मात्र कोरोना सार्छ, विमानमा उड्नेहरुले माहमारी नफैलाउने हो ?’

महासचिव सिटौलाले सरकारले दोहोरो खालको निर्णय लिएमा आफूहरुले सरकारी निर्णयको अवज्ञा गर्ने उनले बताए ।

‘मैले यसबारे गृहसचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीज्यूलाई विभेदपूर्ण निर्णय नगर्नका लागि अनुरोध गरिसकेका छौं,’ उनले भने, ‘हामी महामारी रोक्न तयार छौं, अरुलाई पनि जिम्मेवार बनाउनुस् भनेको छु ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी धरासायी हुन लागिसकेको उड्डयन क्षेत्रलाई राहत दिने सरकारी सोचअनुसार विमान बन्द गर्न नहुने बताउँछन् ।

उनका अनुसार विमानस्थलमा अहिले हेल्थ डिक्लेरेसन फाराम भर्नुपर्ने व्यवस्था छ । त्यसमा यात्रुले आफू स्वस्थ रहेको स्वघोषणासहितको विवरण भर्नुपर्छ ।

आन्तरिक उडान बढीमा एक घण्टाको हुन्छ । बीचमा चढ्ने–ओर्लने गर्नुपर्दैन । यात्रा अवधिभर मास्क र फेस सिल्ड अनिवार्य छ ।

विमानको यात्रा संवेदनशील हुने भएकाले यात्रु आफैं अनुसाशित भएर बस्ने भएकाले जोखिम कम रहेको सरकारी तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय