बुधबार , बैसाख १२, २०८१

काठमाडौँ

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ ।

सोमबार उपत्यकाका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै वैशाख २२ गतेसम्म अत्यवाश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाएका हुन् ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि सोमबार भएको तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

तीनै जिल्लामा बिहीबारदेखि एक साता सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ ।

आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।

विवाह/व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जना सम्म सरिक हुन पाइने छ ।

यस अवधिमा सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध बोक्ने सवारी, फोहोरमैलाका सवारी विषय उल्लेख गरी सञ्चालन हुन पाउनेछन् ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिएर सवारी साधन प्रयोग गर्न पाइनेछ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रजिअले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ ।

यी उल्लेखित बाहेक अन्य अत्यावश्यक काम(अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था) का लागि सवारी साधनको प्रयोग गर्नु परेमा प्रजिअबाट जारी हुने अनुमति पास लिनु पर्ने छ ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय