शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । दिनदिनै संक्रमित र मृतकको संख्यामा बढोत्तरी हुँदा अस्पतालहरुमा वेड पाउन पनि मुस्किल पर्न थालेको छ ।

होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ। यस्तो अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिआवश्यक रुपमा आइसियु र भेन्टिलेटर आवश्यक परेको अवस्थामाका लागि कोरोना उपचार हुने अस्पताल र त्यहाँ सम्पर्क व्यक्तिहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

 

यो पनि पढ्नुहोस् ।

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए।

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो ।

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए।

लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भिर बनेको ठहर प्रशासनको छ ।

त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय