बुधबार , बैसाख १२, २०८१

आज भोट हाल्ने दिन रविलाई सम्झदै भने ,भ्रष्टाचारिको कानमा ठूलो स्वरमा घण्टी बज्ने

रवि लामिछानेको अपिल कोही संग तालमेल भएको छैन घन्टि बाहेक अन्त मतदान नगर्नु

 

होलसेयर गरेर तनहुवासी, चितवनवासी र बारावासी सम्म पुर्याईदिनु होल !

 

 

मोरङ — कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप भएको छ । झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको छ ।

 

प्रदर्शनकारीले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन ८१ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । उनका अनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र ६ जना आन्दोलरत पक्षका सामान्य घाइते भएका छन् ।

 

गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते लिम्बूको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

 

आन्दोलनरत पक्षले सहिद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघ सरकारले २४ गते चैतमा लिम्बूलाई सहिद घोषणा गरेको थियो । मृत्युको २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।

 

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुन: नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय