शनिबार , बैसाख ८, २०८१

हजारौंको भिडमा एक्कासी चल्यो अन्धाधुन्ध गो ली, १२ जना घाइते, कारण सुन्दा सबै चकितमोरङ — कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप भएको छ । झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको छ ।

 

प्रदर्शनकारीले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन ८१ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । उनका अनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र ६ जना आन्दोलरत पक्षका सामान्य घाइते भएका छन् ।

 

गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते लिम्बूको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

 

आन्दोलनरत पक्षले सहिद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघ सरकारले २४ गते चैतमा लिम्बूलाई सहिद घोषणा गरेको थियो । मृत्युको २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।

 

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुन: नामांकन संघर्ष समिति गठन गरी आन्दोलकाठमाडौँ — दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।

 

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

 

‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’, बुढाथोकीले भने, ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।’

 

सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छिन् । उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको बताइएको छ ।नरत छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय