मंगलबार , बैसाख ११, २०८१

बुद्ध भारत मै जन्मेका हुन नेपालमा आएर बसेका हुन ।रामचन्द्र पौडेल

 

 

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको हो ।

 

महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ ।

 

‘फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३(१), ३(२) र दफा ४ ले फोहोरमैलाको प्रबन्ध गर्ने, संकलन गर्ने, अन्तिम विसर्जन गर्ने, व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहको हुनेछ भन्ने स्पष्ट कानुनी व्यवस्था गरेको देखिन्छ । यसैगरी नेपालको संविधानको धारा २१४ (१), धारा २१४(२) र अनुसूची ८ मा भएको संवैधानिक प्रावधानलाई समग्रमा अध्ययन गर्दा सरसफाइ गर्नुपर्ने अधिकार स्थानीय तहलाई सुम्पेको देखिन्छ ।

 

उल्लिखित संवैधानिक र कानुनी व्यवस्थाअनुसार निवेदकले उल्लेख गरेको क्षेत्रको फोहरहरु संकलन गरी उठाई विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौं महानगरपालिकाको देखिन आयो,’ आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

 

 

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिका-६ को सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सक्लिएर दुई व्यक्तिको घर र गोठ जलेको छ । स्थानीय पाखापानी सामुदायिक वनमा केही दिनदेखि लागेको डढेलो फैलिएर बस्तीमा पुगेपछि रनबहादुर राडी र कारांघारीका देवीलाल खड्काको घर र गोठ जलेर नष्ट भएको हो । दुबै जनाको घर, लत्ताकपडा, खाद्यान्न अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । उनका अनुसार घरमा कोही नभएको बेला आगलागी भएकाले धनजनको क्षति भएको छ ।

 

उनका अनुसार घर जलेर नष्ट भएपछि अहिले रनबहादुर र देवीलाल खड्काको परिवार आफन्तकहाँ बस्दै आएका छन् । आगलागीबाट दुबै जनाको करिब ६ लाख बराबरको क्षति भएको छ । डढेलोकै कारण जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ ब्युरेनीमा पनि तीन ब्यक्तिको गोठ जलेर नष्ट भएको उनले बताए ।

 

गहुँ काट्न खेतमा गएको बेला घरमा आगलागी भएकै थाहा नभएकाले घरमा भएका कुनै सामग्री बचाउन नसकिएको पीडित खड्काले बताए । ‘गहुँ काटेर बेलुकी घर आउँदा पो देखियो घर जलेर खरानी भएको, ’ उनले भने ।

 

डढेलोकै कारण यसअघि पनि सल्यानमा दुई/तीन घर जलेर नष्ट भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय