सोमबार , चैत्र १३, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अर्थ मन्त्रालयले अक्सिजन सिलिण्डरमा रहेको भन्सार शुल्क मिनाहा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ।

कोरोना महामारीको दोस्रो चरण चलिरहँदा अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि सरकारले भन्सार शुल्क मिनाहा गर्न लागेको हो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले आजकै मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव लैजान लागिएको बताए।

‘हामीले भन्सार छुटसम्बन्धी प्रस्ताव तयार पारिरहेका छौं,’ ती अधिकारीले भने, ‘आजैको मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी छ।’

सिलिण्डर आयातमा १५ प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत अन्तशुल्क छ। जुन चर्को रहेको व्यवसायीको दाबी छ।

मूल्य अभिवृद्धि कर र अन्तशुल्क पनि मिनाहा गर्नेबारे पनि छलफल भइरहेको ती अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले सिलिण्डर आयातमा लगाइएको भन्सार शुल्कमा सहजीकरण गरिदिन भन्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। सो प्रस्तावका आधारमा अर्थले छलफल गरी मन्त्रिपरिषद् बैठकमा लैजान लागेको बताइएको छ।

अहिले सिलिण्डरको हाहाकार छ। साधारणतया सिलिण्डर भारतबाट आयात हुन्थ्यो। तर अहिले भारतमै अक्सिजन सिलिण्डरको अभाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय