मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

नेकपा (एमाले) का नेता भीम रावलले कोभिड १९ संक्रमणमा सरकारले नै लापरवाही गरिरहेको आरोप लगाएका छन्। जनताका लागि नियम बनाउने अनि निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै नियमको उल्लंघन गरिरहेकोप्रति रावलले आक्रोश पोखेका छन्।

बालुवाटारमा पार्टीका बैठक, धराहराको उद्घाटन, शिलान्यासहरुमा सयौंको भिडमा प्रधानमन्त्री ओलीले नै सहभागी भइरहेका बेला रावलले सोमबार ट्वीटरमार्फत प्रश्न उठाएका हुन्।

‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो?’ रावलले प्रश्न गरेका छन्, ‘प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र?’

नियम नमान्नका लागि ओली गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भएन भनि प्रश्न समेत उनले गरेका छन्। कानूनका सामु सबै बराबर हुनुपर्ने उनको माग छ।

‘कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानूनका सामू सबै बराबर होइन र?’, उनले भनेका छन्।

कोरोना भाइरसको नयाँ लहरको खतरा बढेपछि यसको रोकथामका लागि नेपाल सरकारले रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी जारी गरिसकेको छ।

यस्तै काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले आगामी बिहिबारबाट निधेषाज्ञा जारी गर्ने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय