शुक्रबार , चैत्र १६, २०८०

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्।

सोमबार एक भिडिओ सन्देश जारी गरेका सांसदसमेत रहेका पूर्वस्वास्थ्य मन्त्री थापाले तीव्र रूपमा कोरोना बढिरहेकोले यसले भयावह स्थितिको संकेत गरेको उल्लेख गरेका छन्।

संसद अधिवेशन चालु नरहेकोले आफूले भिडिओमार्फत् नै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थापा बताउँछन्।

‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ। यो बेला कोरोना संक्रमणको रोकथाम, न्यूनिकरण र व्यवस्थापन गरेर जनजीवन जोगाउनेबाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन,’ थापाले भनेका छन्, ‘संसद चालु नभएकोले यसैमार्फत् प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु।’

उनले पटकपटक संसदमा कोरोना रोकथामलगायत विषयमा छलफल गर्न खोजे पनि प्रसंसद विघटन लगायतले अन्यत्र ध्यान मोडिएको उनले बताएका छन्।

उनले कोरोना महामारीका बेला सरकार बन्ने वा ढल्ने विषय प्राथमिकतामा केन्द्रदेखि प्रदेशसम्म रहेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीको प्राथमिकतामा कोरोनाका विषय नपरेको उनको दाबी छ।

यो पनि पढ्नुहोस् ।

बर्दियाका विभिन्न स्थानमा आज मध्यरातिदेखि निषेधाज्ञा

कोरोना संक्रमन रोकथाम र नियन्त्रणका लागि बर्दियामा स्थानीय प्रशासनले सोमबार मध्यरातिदेखि जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।

आइबार बसेको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले वैशाख १३ गते मध्य रातिदेखि वैशाख १९ गते मध्य रातिसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले एक साताको लागि जारी भएको निषेधाज्ञा मानिसको बढी भिडभाड हुने क्षेत्रमा जारी गरिएको बताए।

प्रजिअ सुनारका अनुसार गुलरीया नगरपालिकाको ५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालिबजार र वराली बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिरएको जानकारी दिए।

त्यस्तै ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्धारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजपुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखरा, शितला बजार क्षेत्र, गेरुवा गाउँपालिकाको शान्ति बजार र पशुपति बजार क्षेत्रमा मानिसहरुको हिँडडुल गर्न, भेला हुन नपाउने गरि निषेधाज्ञा जारी गरिएको प्रअिज सुनारले जारी गरेको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय