बिहिबार , चैत्र १५, २०८०

वैशाख ७ गते शक्तीशाली सूर्य ग्रहण लाग्ने, जाग्नेछ यी २ राशिको भाग्यवैशाख ७ गते शक्तीशाली सूर्य ग्रहण लाग्ने, जाग्नेछ यी २ राशिको भाग्य,

हिन्दू धर्ममा सूर्य र चन्द्रग्रहणलाई निकै मान्यता दिईन्छ। यस दिनको धेरै धार्मिक महत्व छ। यस्तो अवस्थामा मानिसहरु वर्षभरी नै सूर्य र चन्द्रग्रहणको पर्खाईमा बस्छन्।

आगामी वर्ष वि.सं. २०८० सालको सूर्य ग्रहणको कुरा गर्ने हो भने यो ग्रहण अर्को वर्षको वैशाखमा लाग्दैछ। ज्योतिषशास्त्रका अनुसार यसले सबै १२ राशिलाई असर गर्छ। यस्तो अवस्थामा कुन राशिमा यो ग्रहणले शुभ र अशुभ प्रभाव पार्छ भन्ने जान्न जरुरी छ। सूतक काल कति समयसम्मको लागि लाग्नेछ त ?

समयस् वि.सं. २०८० सालको पहिलो सूर्य ग्रहण वैशाख ७ गते बिहिबारको दिन लाग्नेछ। यो ग्रहण बिहान ७ बजेर १९ मिनेटबाट सुरु हुनेछ र मध्याह्न १२ बजेर ४४ मिनेटसम्म रहनेछ।

यो उपछाया ग्रहण हुनेछ । यो ग्रहण एसियाका केही देशसहित अस्ट्रेलिया, हिन्द महासागर र अन्टार्कटिकामा मात्रै देखिनेछ। त्यस्तै, यो ग्रहण नेपालबाट भने देखिनेछैन्। सोहीँ कारण यहाँ सूतक काल मान्य हुँदैन्।

राशिहरूमा प्रभाव: वि.सं. २०८० सालको पहिलो सूर्य ग्रहण केही राशिका लागि शुभ साबित हुनेछ। मिथुन र वृष राशिका मानिसहरुलाई यसबाट राम्रो लाभ मिल्नेछ। मेष, कन्या र सिंह राशिका लागि यो ग्रहण शुभ मानिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय