शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा भएको बताउँदै यसमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना महामारीको दोस्रो लहरमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने उनको जोड छ ।

“कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो ।

विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं,” उनले ट्विटरमा लेखेका छन्, “अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर, पशुपतिका गजुर, भ्युटावर, धरहरा बनाउँदै गरौंला ।”

Screenshot_20210425-105441_Twitter.jpg

 

यो पनि पढ्नुहोस् ।

कार्वाही छोडेर बिचार र विधिबाट पार्टी संचालन गर्न ओलीलाई गोकर्ण बिष्टको सुझाव

काठमाडौं – नेकपा एमालेका प्रभावसाली नेता एवं पूर्व मन्त्री गोकर्ण बिष्टले अदालतको फैसला अनुसार नेकपा एकता पूर्वको अबस्थामा फर्काएर पार्टीलाई बिचार र बिधिबाट संचालन गर्न आग्रह गरेका छन ।

बिष्टले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा एमालेमा देखा परेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक पछि अर्को नेतालाई स्पष्टीकरण सोध्न थालेपछि र कार्वाही गर्ने भनेपछि त्यसको प्रक्रियामा बिष्टले यस्तो टिप्पणी गरेका हुन ।

उनले भनेका छन समस्याको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को गर्दै एकतर्फी र त्यो पनि बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको र त्यस्ता कारवाहीले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको रक्षा गर्न समेत आग्रह गरेका छन् ।

बिष्टले अगाडि भनेकाछन “संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन । एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ ।

यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं।”

उता पार्टी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मात्रै ३२ जना नेतालाइ चेतावनी सहितको स्पस्टिकरण सोधेकाछन ।

स्पष्टीकरण सोधिएकाहरु माधव नेपाल र  झलनाथ खनालसहित भीम रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहेका छन् ।

यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय