शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

युनाइटेड अरब ईमिरेट्सको दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन त्रिभुवन विमास्थलमा बरामद गरिएको छ । वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिप प्रसाद न्यौपानेले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन फेला पारेका थिए ।

भन्सार कार्यालयले दोलखा घर भएका न्यौपानेलाई पक्राउ गरेको छ । फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको छ ।

न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ । रामेछाप घर भएका अनिश तामाङ र सन्जिव योन्जनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

अनिश र सन्जिवलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई पनि त्रिभुवन विमनास्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

यो पनि पढ्नुहोस् ।

ललितपुरबाट नक्कली नोट सहित किशोर पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत छन् ।

महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । उनले नक्कली नोट कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

रावत बिरुद्ध प्रहरीले मुद्रा सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय