बिहिबार , बैसाख १३, २०८१

मिटर ब्याज पिडितको पक्षमा बोल्दा उल्टै राजाबादी मुर्दावाद भन्दै कुटपिट गरियो हेर्नुहोस ।

र यो पनि

राष्ट्रिय दलित आयोगले हिजो मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ।

आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयस साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ।

‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ’, आयोगले आज बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन्।

धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र संघसंगठनले पनि मेयर राईलाई कारबाही गर्न माग गरेका छन्।

जनताको प्रतिनिधि र स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य र मान्यता, अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने उनीहरुको माग छ।

संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठन, परियार सेवा समाज,

श्री विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समाज, मरिक सेवा समाज, दलित विकास समिति धरानलगायतका संघसंगठनले यस्तो माग गरेका हुन्। मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए।

यस बिसयमा हर्क साम्पाङ्ले आफ्नो अधिकारिक पेज ‘Harka Sampang revolution’ मार्फत लेख्छन्, ‘यो शीर काटिन्छ बरु, तर कदापि(झ्यासझुस दलितसँग) झुक्दैन किनकि म सच्चा नेपाली हुँ।’

उपत्यकामा मेट्रो रेलको विकल्प छैन, महानगर मिलेर काम थालौं : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि धारणा राखे । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।

‘काठमाडौं उपत्यकामा अब मेट्रो (रेल) को विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु ।

सस्तो के छ त ? अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ?’ मेयर महर्जनले भने ।

मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए । ‘अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्व नगरी यो काम अघि बढाऔँ ।

यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाले राम्रो भूमिका खेल्नुपर्छ’ उनले भने ।

मेयर महर्जनले मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयरले प्रमुख भूमिका खेल्नुपर्ने, सत्ता गठबन्धन कायम रहन्छ : एमाले उपमहासचिव गुरुङ पर्सा — नेकपा ( (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् । वीरगन्जमा आइतबार आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशालामा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताए ।

गुरुङले भने, ‘गत पुसमा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भए अनुरुप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ । त्यसैले ढुक्क भएर बसे हुन्छ ।’

एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेका उल्लेख गर्दै उनले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिए

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई, उपकुलपतिमा विमल निभा

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राईको नाम सिफारिस भएको छ । यस्तै विमल निभा (विमलकृष्ण श्रेष्ठ) उपकुलपतिमा सिफारिस भए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ११ सदस्यीय पदाधिकारीहरूको नाम बुधबार सिसफारिस गरेको हो ।

जसअनुसार सदस्यहरूमा मधुसुदन गिरी, कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली र धनप्रसाद सुवेदी रहेका छन् । नयाँ पदाधिकारीहरूलाई प्रधानमन्त्रीले नियुक्त गरेपछि उनीहरूको शपथग्रहण बिहीबार नै गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय