मंगलबार , बैसाख ११, २०८१

सुर्खेत । कोशी प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । अहिले प्रहरीले केही

राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।

केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय