मंगलबार , चैत्र ६, २०८०

रबी लामिछानेले पहिलो बलमै हाने छक्का, देखाउन थाले चमत्कार, श्रमदान गर्न फिल्डमै पुगेपछि…यस्तोसम्म भएछ
हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो हेर्न तलको लिंक क्लिक

गर्नुस)काठमाडौ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र उम्मेदवारी दिँदै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हर्क साम्पाङको पानी

अभियान जस्तै आफ्ना निर्वाचन क्षेत्रमा लामिछाने सक्रिय देखिएका हुन्।चितवनमा रहेका लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै त्यहाँका जनताका स–साना समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कोशिश गरेका छन्। रामनगरबासीको पानीको समस्या समाधान गर्ने वाचादेखि चारकोसे झाँडी सरसफाईसम्ममा लामिछाने सहभागी भइरहेका छन्। चितवन क्षेत्र नम्बर २ बाट संसद चुनिए संगै रवी लामिछाने जनताको काममा उत्रिएका हुन् ।चितवनको रामनगर , जुगेडी ,

देभघाट क्षेत्रमा खानेपानीको समस्या छ भनेर स्थानीयले गुनासो गरेपछि रवी लामिछानेले ४७ बर्ष पुरानो खानेपानीको मुहानलाई फेरी मर्मत गरेर उक्त पानि वितरण गर्ने योजना बनाएका छन्। भरतपुरको जुगेडी पुल भन्दा केहि माथि बनमा उक्त पानीको मूहानमा ट्यांकी २८ बर्ष अगाडी बाढीले बगाएर थुनिएको छ ।सोहि मुहानमा नयाँ पाईप कनेक्सन गरेर जनताको घर घरमा वितरण गर्ने रवी लामिछानेले बताएका छन्।

आजनै उनले आप्टारी र रामनगरको बिचमा रहेको खानेपानीको ट्यांकी पनि सफा गरेका छन्। थप हेर्नुहोस भिडियो मा । साम्पाङ पनि चुनाव जीत्नासाथ धरानमा पानीको समस्या समाधानका लागि आफैं श्रमदानमा सक्रिय भएका थिए।त्यति मात्र नभएर मुख्य दलका नेतालाई समेत आफूले पानी ल्याउन गरेको श्रममा सहभागी गराउन

साम्पाङ सफल भएका थिए। उनको अभियानमा हातेमालो गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान त पुगे नै साम्पाङको प्रशंशा गरी फर्किए। साम्पाङको सोही शैलीलाई अहिले लामिछानेले पछ्याएका छन्।जग्गाको भाउ मात्रै बढ्नु र यस्तो क्षेत्रमा बैंकको लगानी एकोहोरिनु आर्थिक विकासको मापदण्ड होइन । ठोस उत्पादन र निर्यात वृद्धिबिनाको वित्तीयकरणको विस्तारले अन्ततोगत्वा बैंकहरूलाई संकटमा पुर्‍याउँछ र विदेशी मुद्रा सञ्चितिमा

संकट ल्याउँछ ।आर्थिक विकासका क्रममा सामान्यतया अर्थतन्त्रको संरचनामा व्यापक परिवर्तन हुन्छ । राष्ट्रिय उत्पादनमा कृषिको योगदान घटेर जान्छ भने, गैरकृषि क्षेत्रमा विशेषतः उद्योगको योगदान वृद्धि हुन्छ । यसबाट सेवा, यातायात, घरजग्गा तथा अन्य आधारशिला निर्माणका क्षेत्रमा बढोत्तरी देख्न पाइन्छ ।कृषिबाट विस्थापित श्रमशक्तिले बिस्तारै

यी नयाँ क्षेत्रहरूमा काम पाउँछ र अर्थतन्त्रमा श्रमको उत्पादकत्व वृृद्धि हुन्छ जुन आर्थिक विकासको वृद्धिदरमा प्रतिविम्बित हुन्छ ।नेपालको आर्थिक विकासको स्वरूप माथि उल्लेख गरिएको चित्रभन्दा फरक छ । नेपालमा उद्योग र विशेषतः कलकारखाना (म्यानुफ्याक्चरिङ सेक्टर) को योगदान राष्ट्रिय उत्पादनमा घट्दै गएको छ

(हेर्नुस्— तालिका १) ।नेपालका योजनाहरूमा उत्पादन र रोजगारी वृद्धिको एउटा महत्त्वपूर्ण कडी कलकारखानाको विस्तारलाई प्राथमिकता नदिएर यस्तो दुर्गति भएको होइन । दसौं योजना (सन् २००२–०७) सम्ममा राष्ट्रिय आयमा कलकारखाना क्षेत्रको योगदान २० प्रतिशत पुर्‍याउने लक्ष्य थियो तर यो असफल भयो । नेपाली रोजगारीमूलक उद्योगको अधोगतिको सबभन्दा जबरजस्त उदाहरण जुट उद्योग हो ।

विक्रम संवत् २०३०–४० सालको समयमा यो उद्योगलाई टेवा दिन जुट विकास केन्द्र खडा गरियो । तराईको ५४,००० हेक्टरमा जुटको खेती थियो । ७०,००० टन जुट उत्पादन हुन्थ्यो । अहिले जुट खेती घटेर १०,००० हेक्टरमा सीमित भएको छ । थुप्रै मिल बन्द छन् । जुन चलेका छन्,

तिनले पनि कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याउँछन् । यसले गर्दा किसानको आम्दानीको स्रोत हरायो, निर्यात घट्यो र हजारौंको रोजगारी गुम्यो ।राष्ट्रिय उत्पादनमा माथिको तथ्यांकले के देखाउँछ भने, नेपालका कलकारखानाको योगदान

१५ वर्षदेखि निरन्तर घट्दै गइरहेको छ । स्वभावतः आयात प्रतिस्थापन र निर्यात उद्योगहरू घट्दै गएका छन् । यसको प्रत्यक्ष असर देशको थेग्नै नसक्ने व्यापार घाटामा देखिएको छ ।आर्थिक विकासको आधार भनेको पुँजी–श्रम र प्रविधिको सम्मिश्रणबाट हुने उत्पादकत्व वृद्धि (ग्रोथ इन टोटल फ्याक्टर प्रोडक्टिभिटी) हो । नेपालको कलकारखाना क्षेत्रको उत्पादकत्व घटेर जानु चिन्ताको विषय हो । एक अध्ययन अनुसार, सन् २००६–०७ देखि पाँच वर्षभित्र उत्पादकत्व १३

प्रतिशतले घट्यो ।यसरी पुँजी–श्रम र प्रविधिमा निहित कुल उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) घट्नुको अर्थ नेपाली उत्पादनले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्ने क्षमता गुमाउँदै जानु हो । यो

यथार्थता नेपालको न्यून अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता (ग्लोबल कम्पिटिटिभनेस इन्डेक्स) मा देखिएको छ (हेर्नुस्— डेभलपमेन्ट अफ म्यानुफ्याक्चरिङ इन्डक्सन्स इन नेपाल : करेन्ट स्टेट एन्ड फ्युचर च्यालेन्जेज, एनडीसी, २०१४) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय