काठमाडौँ
नेकपा एमाले नेता गोकुल बाँस्कोटाले एमालेकै माधवकुमार नेपाल समूहमाथि कटाक्ष गरेका छन् ।
बाँस्कोटाले एमाले छोडेर एमाले नै खोज्न हिड्नु र गलखेत बाँझो राखेल झोडा फाँड्न हिड्नु उस्तै भन्दै कटाक्ष गरेका हुन् ।
‘एमाले छोडेर एमाले खोज्न हिड्नु र गलखेत बाँझो राखेर झोडा फाँड्न हिड्नु उस्तै हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ड्यासिङ्ग हान वा टिच, क्लाइमेक्समा जाउ वा कोल्याप्स होऊ। कुरा त यहि नै हो ।’
एमाले छोडेर एमाले खोज्न हिड्नु र गलखेत बाँझो राखेर झोडा फाँड्न हिड्नु उस्तै हो।ड्यासिङ्ग हान वा टिच,क्लाइमेक्समा जाउ वा कोल्याप्स होऊ।कुरा त यहि नै हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 25, 2021
मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीको सिफारिसबारे निर्णय हुने
आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ ।
आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँ र सहरमा संक्रमित संख्या तोकेर निषेधाज्ञा गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।
सीसीएमसीले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।
– इकागज