शनिबार , बैसाख १, २०८१

राजनीति
फेरि रबि र बालेन बारे भर्खरै सबिता माताको ड’रलाग्दो खुलासा, अघिल्लो यो भबिस्यबाणी ठ्याक्कै मिलेको थियो !
सडक संचार January 29, 2023
प्रकाशित: २०७९ माघ १५ गते, आइतबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

काठमाडौं । रबी लामिछाने बारे सबिता माताले गरेको भविष्यवाणी मिलेको छ । आफुले गरेको भविष्यवाणी मिलेपछी सबिता माता खुसी हुँदै यो दु:खद घटना नभै हुनैपर्ने हटना हो भनेकी छिन ।

Mata Sabita Acharya Youtube Channel मा हिजो प्रकाशन गरिएको उक्त भिडियोमा यो कुरा जानकारी गराएकी हुन । उनीले भनेकी छिन २-२ नागरिकता लिने मान्छे जेलमा पर्छन, त्यसमा मुद्दा लाग्छ ।

अनागरिकले केही गर्न पाउँदैन, अनागरिक भएका मान्छे जे ल गएका र त्यस्ता मान्छे आफू कहाँ आएको पनि बताएकी छिन । फैसला न आउँदै धेरैले के हुन्छ भन्ने सोधेको तर आफुले कानुनको बिश्वास गरेको बताइन ।

नेपालको कानुन सफल छ, म बिश्वास गर्छु, म ढुक्क छु कुनैपनी पैसाको चलखेल हुँदैन भनेर प्रतिक्रिया दिएको पनि माताले बताएकी छिन । त्यस्तो प्रतिक्रिया दिदा रबी समर्थकले गाली गरेको नि उनले खोलेकी छिन ।

माताले त रबीलाइ मेसेज गरेर नै ३ वा ६ महिनामा तपाइलाई अफ्ठेरो हुँदैछ, मुद्दा लाग्दैछ, पद जाँदैछ भनेको समेत जानकारी गराएकी छिन । त्यसैगरी रबी अनागरिक भएको कारण नै गृह मन्त्रालय रोजेको पनि उनले बताइन ।

संचार मन्त्रालय नरोजी गृह रोज्नु नै अनागरिक भएको परिचय दिएको बताइन ।

त्यसैगरी बालेनले पनि भत्काउन बाहेक अरु केही नजानेको टिप्पणी उनले गरेकी छिन । हाम्रो लागि बालेन मन्त्री सरह हो तर उहाँले त टहरामा व्यापार गर्ने, चटपटे बेच्नेलाई, मकै बेच्नेलाई नै उठिबास लाउनु भयो, जनताको गुनासो सुन्नु भएन भन्दै गुनासो गरिन ।

जसरी हिजो प्र्व्म मरे अब बालेनको नाम लिएर जनता मर्न बेर छैन । बालेन रबी सबैले अकुत सम्पत्ति कमाउन काम गरेको र उनीहरु केवल आफ्नोलागी मात्र काम गरेको आरोप माताले लगाइन ।

उनीहरुले कमाएको पैसा तपाइलाई दिनुभको छ र पत्रकार जी भन्दै उल्टो थर्काउँदै माताले भनिन अस्पताल बनाएपनी जनताबाट उठाएर बनाए, आफ्नो घर पनि बनाए ।

मत अनागरिक भनेर हिजो जसरी रुन्चे भएर आएका थिए उनले पहिले नै किन नभनेको, अमेरिका बसेको, बिद्व्श घुमेकोले यति बुझ्नु पर्दैन ? अंगिकृतले त राजनिती गर्न पाउदैन, सबिता माताको धारणा थियो ।

रबी त नेपाल मन पर्दैन भनेर न अमेरिका पलायन भको मान्छे हो? उहाँका धेरै व्यक्तिगत कुराहरु नि छन भोली उतै गएर बस्न सक्नु हुन्छ । उनीले रबीका समर्थक जसले मेरो मानहानी गरेका छन सबैलाई सजा य दिलाएरै छोड्ने पनि घोषणा गरेकी छिन ।

रबीलाई अब फेरि ठूलो दषा लाग्दैछ

बाँकी अन्तिममा भएको भिडियो हेर्नुहोला

ज्ञाने : पारिजातले रोजेको बाटो

धुलिखेलको नवरंग होटलका पूर्णमान श्रेष्ठको जीवनकथा थाहा पाएपछि पारिजातले उपन्यास लेखिन्– ‘उसले रोजेको बाटो’ (२०३५) । पूर्णमानको संघर्षपूर्ण जीवन, दुःख र हन्डरलाई विषय बनाइन् उनले । र, एक पात्रको जन्म भयो– ज्ञाने । पूर्णमान अर्थात् ‘नवरंग दाइ’ त्यसपछि ‘उसले रोजेको बाटो’ मा ज्ञाने भए ।
‘उसले रोजेको बाटो’ पूर्णमानका निम्ति केवल उपन्यास होइन, आफ्नो संघर्षपूर्ण जीवनको गाथा पनि हो ।

धुलिखेलको नवरंग होटलमा झुन्ड्याइएका अनेक पेन्टिङबीच लेखक पारिजातको पनि एउटा पोट्रेट छ । होटलका मालिक पूर्णमान श्रेष्ठले यसको मूल्य तोकेका छन्– १ करोड रुपैयाँ । पोट्रेटमा घाँटीमा हरियो सल बेरेकी, चस्मा लगाएकी छन् पारिजातले र अँध्यारो पुस्तकालयभित्र आफैंले लेखेका किताबले घेरिएकी छन् । धुलिखेलकै कलाकार चिरञ्जीवी माकजूले बनाएको यो पोट्रेटमा घोरिँदा धेरैथरी विचार र प्रश्नको जन्म हुन्छ ।

खासमा पारिजाताको यो पोट्रेट पूर्णमानले बिक्रीकै लागि झुन्ड्याएका होइनन् । गम्भीर मुखाकृतिको पारिजातको त्यो पोट्रेट त्यहाँ झुन्डिनुपछाडि पूर्णमानको ‘पारिजात कनेक्सन’ छ । त्यो कनेक्सन कुनै भक्त वा भगवान्को भन्दा कम छैन । यद्यपि भौतकवादी विचारका पूर्णमान र पारिजात दुवैका लागि यो उपयुक्त उदाहरण नहुन सक्छ । तर, सामान्य भाषामा यसै भन्न सकिन्छ ।

विसं २०३५ मा प्रकाशित उपन्यास ‘उसले रोजेको बाटो’ पारिजातले रोजेको कम्युनिस्ट विचारधाराको द्वार थियो । ‘शिरीषको फूल’ मा आफैंले लेखेको चिन्तनलाई अस्वीकार गरी उनले मार्क्सवादी विचारको बाटो हिँड्न रुचाइन् । त्यो उपन्यास पूर्णमानका लागि आफ्नो जीवनजत्तिकै प्रिय छ । किनभने पूर्णमानको जीवनलाई पारिजातले त्यस उपन्यासमा लेखेकी छन् । बालककालदेखि अनेक हन्डर–दुःख झेलेका पूर्णमानलाई ‘उसले रोजेको बाटो’ मा पारिजातले नायक बनाएकी छन् ।

लेखक मोहन दुवाल भन्छन्, ‘पारिजातले उसले रोजेको बाटो उपन्यास पूर्णमानलाई नै मुख्य पात्र बनाएर लेख्नुभएको हो । त्यतिबेला पारिजातले त्यो उपन्यास धुलिखेलमै लेखिसक्नुभयो । उपन्यासको ज्ञाने भन्ने मुख्य पात्र पूर्णमान नै हो भन्ने हामीले त्यतिबेलै पारिजातबाट थाहा पाएका थियौं ।’

लेखक गोविन्द गिरी प्रेरणाको किताब ‘सुश्री पारिजात’ मा पनि पारिजातको उपन्यास ‘उसले रोजेको बाटो’ को रचनागर्भ लेखिएको छ, ‘धुलिखेलमा भेटिएका नवरंग होटलका नवरंग दाइका रूपमा परिचित पूर्णमान श्रेष्ठको जीवनकथा थाहा पाएपछि उनकै जीवनकथाको आधारमा पारिजातले उपन्यास लेख्ने मन बनाइन् । पूर्णमानको संघर्षपूर्ण जीवन र उनले जीवनमा पाएका हन्डरहरूले पारिजातको मानसपटलमा एउटा पात्रको जन्म भयो– ज्ञाने । पूर्णमानको जीवनकथा र त्यसमा आख्यानलाई घुलन गरेर पारिजातले उसले रोजेको बाटो उपन्यास लेखनकार्य सम्पन्न गरिन् । …होटल नवरंग खोलेपछि नवरंग, नवरंग दाइ उपनामले परिचित पूर्णमान अब उसले रोजेको बाटोमा ज्ञाने भए,’ (पृष्ठ. १८८, १८९) ।

‘उसले रोजेको बाटो’ को मुख्य पात्र ज्ञानबहादुर (ज्ञाने) हो । त्यही ज्ञानेले झैं सानैमा आमा गुमाएका पूर्णमान अनेकतिर भौंतारिँदै कलकत्ता पुगे । कलकत्तामा ज्ञानेले जस्तै होटलमा काम गरे । क्रिस्चियन धर्म प्रचारक बने । पछि ज्ञानेजस्तै नेपाल फर्किए । यही दौरान उनी ज्ञानेले झैं आफूले अँगालेका या गर्न बाध्य सबै कामप्रति अनाकर्षित र असन्तुष्ट थिए । र, अन्तिममा उनले पनि ज्ञानेले जस्तै एउटा नयाँ बाटो रोजे ।

वास्तवमा यो उपन्यास पूर्णमानका निम्ति उपन्यास मात्रै होइन । उनको संघर्षपूर्ण जीवनको एउटा वयको गाथा पनि हो ।

पूर्णमानको जीवनको अधिकांश समय भौंतारिएरै बित्यो । चन्चल र अस्थिर स्वभावका पूर्णमान पारिजातको पात्र ज्ञानेजस्तै कहिले कता पुगे, कहिले कता । अनेक मान्छेसँग संगत गरे । अनेक काम गरे । दुःख, हन्डरहरू त उनका बालसंगाती नै थिए । समय फेरिएसँगै पूर्णमानका दुःखका रंग मात्रै फेरिए, ती सुखमा परिवर्तन भएनन् ।

अहिले ७६ वर्षको बुढ्यौलीमा आफू हिँडेको बाटो फर्किएर हेर्दा पूर्णमान स्वयम्लाई त्यो बाटो लामो उपन्यासजस्तै लाग्छ । सायद पारिजात बाँचिरहेकी भए यी पात्रको दोस्रो हन्डरलाई पनि उपन्यासमा उतार्ने थिइन् कि ! कथा र पात्रहरू यत्रतत्र छन् । त्यसलाई सँगााल्ने र दुःख पढ्ने मानिस कतै भेटिन्नन् । भेटिएका पनि ती पात्रका दुःख पढ्न चाहँदैनन् । किनभने समय फेरिएको छ, पारिजातहरू अहिले छैनन् ।

पूर्णमानका दुःखको शृंखला लाग्छ, अनन्त छ । बाल्यकालदेखि नै दुःख र हन्डरलाई साथै लिएर कहिले लामोसाँघु, कहिले बौद्ध, कहिले कलकत्ता त कहिले धरान पुगेका पूर्णमानको जीवन थोरै व्यवस्थित भएपछि फेरि उनलाई पारिवारिक दुःखहरूले घेरे । जवान छोरालाई सेनाले बेपत्ता बनाइदियो । विगत २९ वर्षदेखि छोरा फर्किएर आउने सुखान्त दिनको पर्खाइमा छन् । मनमा जमेको पीडा लुकाएर बाँचिरहेका पूर्णमान छोरा कुरिरहेका छन् ।

चाउरिइसकेको अनुहारमा सेतै फुलेका दारी–कपाल, करुणामय आँखा, टाढाको दृश्य देख्न लगाइएका चस्मा, चिसो छल्ने गलबन्दी, बाक्लो सर्ट, पाइन्ट ! मैले भेट्दा यही हुलिया थियो उनको । यो माघमा चिसोबाट जोगिने प्रयत्नमा छन् यी वृद्ध । तर, उनको मनमा चिसो त उहिल्यै पसिसकेको छ । अब उनको मनको चिसो पग्लिन उनले कुरिरहेको, सेनाले बेपत्ता पारिदिएको उनको छोरै आउनुपर्छ ।

धुलिखेलको सञ्जीवनी बजारमा पर्छ– पूर्णमानको घर । उनको जन्मचाहिँ यहाँबाट थोरै तल चौकोटमा विसं २००४ मा भएको हो । आफ्नी आमाको नाम थाहा छैन उनलाई । नागरिकतामा बाबुको नाम राखिने भएको हुँदा बाबु पद्ममान श्रेष्ठको नामचाहिँ थाहा छ । लेखनदास काम गर्ने बाले उनी जन्मेको एकै वर्षमा अर्की स्वास्नी ल्याए । दुई वर्षका पूर्णमानलाई छाडेर आमा अर्कैसँग हिँडेपछि आजसम्म उनले आमाको अनुहार देखेका छैनन् । आमा नभएका पूर्णमान कहीँ गोठालो, कहीँ भरिया, कहीँ हली हुँदै हुर्किए । पढ्न पाउने त कुरै भएन । त्यसैले उनी प्रायः नजिकैको मामाघरमै हुर्किए ।

पूर्णमानका आफन्तहरू धनी थिए । तर, उनीचाहिँ सहाराविहीन र गरिब । स्याहार नपाएको बिरुवाझैं थियो उनको हुर्काइ । फलस्वरूप उनको व्यवहार पनि रूखो, उद्दण्ड र झगडालु थियो । सानैदेखि खलाँसी बने । यही क्रममा कसोकसो उनी धरान पुगे । त्यहाँ एक ठाउँमा काम पाए । ६ महिना काम गरेको बीस पैसा पारिश्रमिक बोकेर ट्रक चढेर हिँडे । त्यही ट्रकमा केही समय काम गर्दा रक्सौल, वीरगन्ज हुँदै कलकत्ता पुगे । कलकत्तामा ९ वर्ष बिताए ।

कलकत्तामा उनले दुःख गरे । अरू नेपालीका दुःख पनि देखे । कलकत्ता र नेपाल गर्ने क्रम चलिरह्यो । उनी यायावरझैं जो थिए । एकपटक बौद्धका गणेशबज्र लामाकहाँ ‘नोकर’ भएर पनि बसे । लामा श्रीमतीका सोखिन थिए । पछि सिन्धुपाल्चोक लामोसाँघुमा पनि बसे । अन्याय सहन नसक्ने, प्रतिकारमा उभिइने स्वभावका थिए उनी । आफूसित निहुँ खोज्ने एक केटाको दाँत झारिदिएछन् । झगडा गर्दै, मीत लगाउँदै गरेका घटनाका स्मृति कति हो कति छन् । तर, आजसम्म पनि लगाइएका मीतहरू फर्केर भेटेका छैनन् ।

बालापनमा उनलाई बोलाउने नाम धेरै थियो । कसैले भाञ्जा भने, कसैले कान्छा, बहादुर, साथी, कहीँ सेन्ट्रिफ्ल्याट रे ! के–के नाम राखिदिए केके ? तर, उनले रुचाएको नामचाहिँ उनै होटलले नै दिएको छ, अर्थात् नवरंगका पूर्णमान श्रेष्ठ वा नवरंगका बा । यो नाम उनलाई लामोसाँघुका साथीहरूले दिएका हुन् । त्यसो त पूर्णमान अर्थात् नवरंगले जिन्दगीका सबै रंग भरपूर भोगे । तर, अचेलचाहिँ नवरंगमा उमंग र रंगहरू मेटिएजस्तो उराठलाग्दा उदासी र अत्यासलाग्दा कथा मात्रै छन्– थानका थान ।

यी नवरंगले होटलको काम कलकत्तामै सिकेका । तर, आफू होटल व्यवसाय गर्छुजस्तो लागेको थिएन । विनायोजनै उनी यो लाइन समाउन पुगे । काठमाडौंमा एउटा होटलमा पार्टनरबीच असमझदारी भइरहेको रहेछ । तिनमा उनका साथी पनि थिए । त्यो देखेर उनले केही समयका लागि होटल जिम्मा लिए । तर, एक हप्तामा पैसा लिएर आउँछु भनेर उम्केको साथी अहिलेसम्म फर्किएर आएका छैनन् । त्यसपछि उनी आफैंले चलाउन थाले त्यो होटल । र, पछि त्यही होटल धुलिखेल सारे ।

धुलिखेलले पूर्णमानलाई नयाँ चेतनाको रंग दियो । प्रगतिशील माहोलमा पूर्णमान पनि मिसिन पुगे । यही क्रममा विसं २०३० को दसैंमा पारिजातसँग भेट भयो उनको । प्रसिद्ध साहित्यिक पत्रिका ‘वेदना’ का सम्पादक तथा प्रकाशक दिल वरदान र सुवास श्रेष्ठमार्फत पारिजातसँग नजिक भए उनी । पारिजातले पूर्णमानको जीवनी पूरै खोतलिन् । त्यतिबेला उनलाई त्यो सामान्य कुराकानी मात्रै होला भन्ने लागेको थियो । तर, पछि आफ्नो जीवनकथा उपन्यासको रूपमा आउँदा उनलाई अर्कै किसिमको खुसी मिलेको थियो । त्यसले उनलाई जीवनबोध दिएको थियो ।

सुरुमा धुलिखेल आउँदा छात्रावासमा बस्ने पारिजात नवरंगसितको चिनजानपछि उनकै होटलमा बस्न थालिन् । एक दिन पूर्णमानको कोठामा पेन्टिङहरू देखेर रिसाउँदै भनिन्, ‘नवरंगजी ! तपाईंको यस्तो आर्ट रहेछ, मलाई देखाउनु पर्दैन ? लौ यसलाई म एक्पोज नगरी जाँदिनँ ।’ तर, त्यसपछि पारिजात (पूर्णमानका लागि दिदी) कहिल्यै फर्केर आइनन् ।

पूर्णमानको मनमा पारिजातप्रति अति सम्मान र श्रद्धा छ । पारिजात उनलाई ‘लामो बाटो हिँड्दा भेटिने चौतारीजस्तै’ लाग्थिन् । उनलाई आफूजस्तो मान्छे पारिजातको कृतिको पात्र बन्नु गौरवको कुरा लाग्छ । पारिजातसँगको पूर्णमानको सम्बन्ध भावनात्मक मात्रै नभई वैचारिक पनि हो । ‘उहाँले बोकाएको विचारको झोला मैले फाल्न सकेको छैन । यो शरीर र आत्मा रहेसम्म पनि भिरिरहनेछु म त्यो विचारको झोला,’ पूर्णमान दृढ सुनिन्छन् ।

आमाले छाडेर गएदेखि नै महिलाप्रति पूर्णमानकोे दृष्टिकोण नकारात्मक थियो । पछि पारिजातसँगको सान्निध्यले त्यो दृष्टिकोण बदलियो । उनलाई चेतना भयो– ‘नारीहरूलाई धोका दिनुहुँदैन ।’ पारिजातसँग उनको भावनात्मक निकटता कतिसम्म छ भने पारिजात उनलाई आफ्नो वरिपरि नै छिन्जस्तो लाग्छ ।

‘समस्याहरू पर्दा पनि पारिजात दिदीको फोटो हेर्छु । यसले एक किसिमको ऊर्जा पनि दिन्छ । । दिदीका लेख, किताबहरू पढ्छु । हरक्षण हरसमय उहाँसँगै छुजस्तो लाग्छ, त्यसैले यो पेन्टिङ देख्नेगरी राखेको छु, कहिले पनि टाढा नहुनेगरी । उहाँलाई देख्दा एक किसिमले जीवन मोडियो । धेरैलाई जस्तै उहाँले मलाई पनि परिवर्तन गर्नुभो । दिदीले जित्नुभो, मैले त्यो छट्टु जीवन छोडेँ ।’

नवरंग रेस्टुरेन्टमा झुन्डिएको पारिजातको पेन्टिङ धेरैचोटि अरूले लैजान खोजे । तीन–चार लाख रुपैयाँसम्म दिने मान्छे पनि आए । तर, उनले त्यो पेन्टिङ बेच्ने कल्पनासम्म गरेका छैनन् । बेच्न आग्रह गर्नेलाई टार्न उनले त्यसको मूल्य एक करोड भनिदिएका मात्रै हुन् । त्यो त उनका लागि अमूल्य छ ।

कुनै बेला धुलिखेलमा होटल भनेकै नवरंग थियो । मान्छेको भीड लाग्थ्यो । विसं २०४२ को नगरपञ्चायतको चुनावमा साथीहरूले जनपक्षीय भनेर उपप्रधानपञ्चमा उठाइदिएपछि उनको व्यापार खस्कियो । मान्छेहरूले भने– कहाँकहाँबाट आयो र हाम्रो भाग खोस्न खोज्यो । चुनावमा जम्मा तीन सय भोट पाए । प्रतिस्पर्धी थिए उनकै बाका साथी भीमनाथ श्रेष्ठ ।

विसं ०६१, पुस १५ गतेको साँझ पूर्णमानको घरमा सेना छापा मार्ने शैलीमा आयो । उनका छोरा सगुनलाई सेनाले घेरा हालेर सोधपुछ गर्न थाल्यो । सेनाले होटलमा उधारो खान्थ्यो । त्यसैको हिसाबकिताब माग्दा सामान्य विवाद पनि भयो । त्यो विवादको कारण छापा मारिएको हो भन्ने सबैको बुझाइ थियो । कहिले सेनाले तर्साउने, कहिले माओवादीले तर्साउने ! पूर्णमान डराएनन् । तर, छोरा बेपत्ता भए । सेनाले नै आँखामा पट्टी बाँधेर धोक्रोमा हाली बाँधेर लगेको देख्नेहरूले सुनाएका थिए पूर्णमानलाई । परिवारमा बुहारी र श्रीमतीको रुवाबासी चल्यो । २७ वर्षको उमेरमै बेपत्ता पारिएका छोरा सगुन श्रेष्ठ अहिलेसम्म सम्पर्कमा छैनन् ।

छोरा खोज्न धेरै ठाउँ धाए पूर्णमान । उनलाई टेलिफोनबाट धम्की आइरहन्थ्यो । अहिले पनि फोनको आवाज सुन्दा तर्सिन्छन् उनी । त्यसैले बेलुकीपख फोन बन्द गरेर बस्छन् पूर्णमान । प्रहरीको साइरनले पनि उनलाई विगतमा फर्काउँछ ।

केही वर्षसम्म त उनी यस्तो सोचेर चित्त बुझाउँथे– छोरो खाना बनाउन जान्दछ । सेनाकै कसैले खाना बनाउन राखेका होलान्, फर्काउलान् । छोरा सगुनलाई सेनाले लगेको देख्नेहरू कत्ति त बितिसके । पूर्णमानले पटक पटक सेनासँग कुराकानी गरेका थिए । तर, सेना जहिले पनि गैरजिम्मेवारीपूर्ण जवाफ दिन्थ्यो– ‘चेन अफ कमान्ड नै बिग्रेको समय कसले लग्यो थाहा छैन ।’ समाचार र सरकारसँग विश्वास गर्न सकिने समय पनि थिएन त्यो ।

पूर्णमान निरीह र बेसहारा भएर छोराको खोजीमा यताउता भौंतारिए पनि छोराबारे केही पनि जानकारी मिलिरहेको थिएन । सगुनका एक छोरा, एक छोरी छन् । बुहारी दुर्गा श्रेष्ठ अहिले जागिर गर्छिन् । २७ वर्षे सगुनलाई सेनाले लैजाँदा १० वर्षका छोरा सौगात अहिले ठ्याक्कै २७ वर्षका भए । छोरी सोनु २५ वर्षकी छिन् ।

पूर्णमानकी कल्याणी नामकी एक छोरी थिइन् । लगातार पाँच छोरीको जन्मपछि कल्याणीले पनि आत्महत्याको बाटो रोजिन् । त्यसपछि पूर्णमान दम्पतीको जीवनमा अर्को सन्तान शोक थपियो । ज्वाइँले अर्की स्वास्नी ल्याएपछि पाँचै नातिनी मामाघरमै हुर्किए । तर, दुःखान्तको यो शृंखला सकिएको थिएन । उनकी कान्छी नातिनीले पनि १६ वर्षको उमेरमा झुन्डिएर आत्महत्या गरिन् ।

१८ वर्षअघि सेनाले लगेको छोरो अहिले ४५ वर्षका भए । पूर्णमानकी श्रीमती लक्ष्मी सधैं भक्कानिन्छिन् । तर, पूर्णमानको मनमा छोरा फर्कने आशाको एउटा दियो अझै धिपधिपाइरहेकै छ ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय