शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण जोखिम बढेका जिल्लामा निषेधाज्ञा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सिफारिस गरेको बताइएको छ।

सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ।

यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिससमेत सीसीएमसी गरेको छ।

प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यतायातका साधन बन्द हुने छन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ।

निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यही अनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ।

कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस अनुसार काठमाडौं सहित देशका नौ वटा जिल्लामा तत्कालन निषेधाज्ञा लागु गरिने भएको छ ।

तत्काल निषेधाज्ञा लागु हुने जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्की रहेका छन् ।

सीसीएमसीले तराईमा ५ सय र पहाडमा २ सयजना सक्रिय कोरोना संक्रमित देखिएमा निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको थियो । तर लकडाउनको अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञाका लागि आवश्यक छलफल गर्न निषेधाज्ञाको तयारी सरुप काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शुरक्षा प्रमुखहरुको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।बैठकले कोरोनाको जोखिमलाई हेरेर कसरी अगाडि बढ्ने भन्ने बिषयमा निर्णय लिने बताइएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्कीमा ५ सय जना भन्दा बढी कोरोना संक्रमित छन् ।

न्युज अफ नेपाल 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय