मंगलबार , चैत्र ६, २०८०

ठूलो समस्या भेकोले ५० लाख पर्ने काठमाडौको घडेरी १० लाखमै बिक्रीमा, पैसा हुनेले तुरुन्तै सम्पर्क गर्नुसकाठमाडौं : काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुलेको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ। विभागका अनुसार ती स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्। अन्य विधामा भने छुट्याउन बाँकी छ। यो कित्ताकाट भने कृषि जग्गाको लागि खुलेको हो। गैर कृषि जग्गा भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्ने छ।

२०७९ जेठ २३ गतेदेखि भू-उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको विभागका सूचना अधिकारी विष्णु कुमार महत बताउँछन्। अन्य विधामा पनि जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई आह्वान गरिएको उनले बताए।

विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन्।

त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन्।

ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्।

तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ

तिलोत्तमा — मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मनाङले अब उपाधिका लागि शनिबार हुने फाइनलमा सुदूरपश्चिम-११ सँग प्रतिस्पर्धा गर्नेछ ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनमा फ्रेण्ड्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङ र फ्रेन्ड्सबीच निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिइएको थियो ।

मनाङका लागि खेलको ७ औं मिनेटमा रफिक अमिनोले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दलाएका थिए । उत्तम राईले २६ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

दबाबमा परेको मनाङका लागि पहिलो हाफको अतिरिक्त समयमा आशिस गुरुङले गोल गर्दै फ्रेन्ड्सको अग्रता २–१ म छोट्याए ।

दोस्रो हाफको २ मिनेटमा मनाङका प्रसन्न श्रेष्ठले अर्को गोल थप्दै खेललाई २–२ को बराबरीमा फर्काएका थिए । बिहीबार भएको खेलमा मनाङका कप्तान आशीष गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।

उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरेका छन् । बुधबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै सुदूरपश्चिम-११ ले फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय