बुधबार , बैसाख १२, २०८१

खुसिको खबर: मन्त्री बन्दै नायिका एलिजा गौतम (सक्दो सियर गर्नुहोस)

काठमाडौं ।

चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् ।

गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय थिईन् । सो दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उनको भनाई छ ।

सो अवसरमा गौतमले संक्षिप्त लिखित सम्बोधनसमेत गरेकी थिईन् । उनले जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा आफूहरुका पाइला चल्ने प्रण गर्दै पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहने पनि विश्वास दिलाएकी थिईन् । यस्तो छ उनको सम्बोधन :

श्रद्धय अध्यक्ष श्री रञ्जिता श्रेष्ठज्यू, पार्टी पदाधिकारीज्यूहरु, आदरणीय जनसमूदायहरु, महिला, भद्र तथा सज्जन व्यक्तित्वहरु । यहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट जुझारु अभिवादन छ। मैले आजकै मितिबाट यस गौरवशाली पार्टीमार्फत आफ्नो राजनीतिक जीवनको अध्याय सुरु गरेको छु । मलाई विश्वास गरेर यस पार्टीमा स्थान दिनुहुने श्रद्धय अध्यक्षज्यूप्रति आभारी छु । मेरो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति गरेको छु ।

म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईँमान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो ।

हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरुको आवाज बोल्नेछ । हामी बेसहाराहरुको साहारा बन्नेछौं । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहनेछौं ।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको छ । यसले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको कुरा निर्वाचनमा यसले प्राप्त गरेको सफलताबाट नै पुष्टि भएको कुरा यहाँ मैले भनिरहनुपर्दैन् ।

यस पार्टीले सार्वजनिक गरेको आफ्नो उद्देश्यअनुरुप स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरालतको स्थापना गर्नु आजको आवश्यकत्ता हो ।

पार्टीले बोकेको मूल उद्देश्यबमोजिम दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।

अब नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालिन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गरेको छ । यस कुराले मेरो मन छोएको छ । यो दल रोज्नुको अर्को मुख्य कारण पनि यसले बोकेको यही उद्देश्य हो ।

मलाई देशका पूराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए । तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु । आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ ।

म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो । अग्रजहरुको आर्शिवाद, सल्लाह र सुझाव अनि युवाहरुको नवीनतम सोच लिएर हामी यस पार्टीलाई अरु दलभन्दा फरक रुपमा उभ्याउने छौं । देश र जनताको जीवनस्तर उकास्ने दायित्वबोधका साथ हामी सबै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय