बिहिबार , बैसाख ६, २०८१

तीव्र रुपमा घट्दो जनसंख्या वृद्धिदरले चीनलाई गम्भीर जनसांख्यिक खतरातर्फ लगेको छ । युवायुवतीहरूमा बिहे गर्ने रुचि घटिरहेको छ । फलतः विगतमा एउटा मात्रै बच्चा जन्माउनुपर्ने कानूनलाई कडा रुपमा लागू गरेको चीनले अहिले तीन वटा बच्चा जन्माउनका लागि अनुरोध गरिरहेको छ ।

चिनियाँ परिवारहरू आफ्ना सन्तानलाई बिहे गर्नका लागि दबाब दिइरहेका छन् । रोचक त के भने आफ्नै छोराछोरीका लागि अभिभावकले नै ‘ब्लाइन्ड डेट’ तय गरिदिन थालेका छन् ।यी सबै घटनाक्रमका बीच चीनमा एउटा नयाँ व्यवसाय पनि तफव्र रुपमा फस्टाइरहेको छ । जसमा मानिसहरूले भाडामा गर्लफ्रेण्ड तथा पत्नीसमेत लिन पाउँछन् ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित रिपोर्ट अनुसार भाडामा गर्लफ्रेण्ड तथा पत्नी उपलब्ध गराउनका लागि विभिन्न वेबसाइटहरु सञ्चालनमा छन् । ती वेबसाइटमा इच्छुक मानिसहरुले आफ्नो नाम दर्ता गर्दछन् ।आफूलाई पत्रकार बताउने नानजिंग नामका एक व्यक्तिले पनि यस्तै वेबसाइटमा आफ्नो नाम दर्ता गराएका छन् । त्यस्ता वेबसाइटमा केवल गर्लफ्रेण्डमात्र होइन ब्वाइफ्रेण्ड पनि भाडामा लिन सकिन्छ ।चिनियाँ सोसल मिडिया प्लाटर्फम विच्याटमा नानजिंगसँग एक युवतीले सम्पर्क गरिन् । मुमु नामकी ती युवतीले आफू २९ वर्षकी रहेको र विश्वविद्यालयबाट स्नातक उत्तीर्ण रहेको जानकारी गराइन् ।साथै उनले भाडामा गर्लफेण्ड बन्नका लागि आफ्नो शुल्क एक हजार युआन अर्थात् करिब १८ हजार रुपैयाँ रहेको बताइन् । साथै कुराकानी गर्नका लागि अतिरिक्त ५ सय युआन र यात्रा गर्नका लागि थप साढे ३ सय युआन पनि उनले लिने गर्दछिन् ।

आफूले कुनै अफिसमा काम गर्ने र मासिक पाँच हजार युआन आम्दानी गर्ने बताउने मुमुले खाली समय वा बिदाको दिनमा भाडाको गर्लफ्रेण्ड बन्ने काम गर्दछिन् ।

नक्कली पत्नी समेत बनाउँदैमुमुका अनुसार उनले यस्ता पुरुषहरू पनि भेटेकी छिन् जसले उनलाई नक्कली पत्नी बनाएर आफ्ना अभिभावकहरुसँग भेटाउँछन् । त्यसो गर्दा ती पुरुषहरू बिहे गर्ने दबाबबाट बँच्दछन् । कतिपयले त नक्कली बेहुली बनाएर बिहेको विशेष कार्यक्रम र पार्टी नै आयोजना गर्दछन् ताकि बिहे गरेको प्रमाणपत्र प्राप्त गर्न सकियोस् ।

उनका अनुसार कतिपय ग्राहकहरु भने समलिंगी पुरुष हुने गरेका छन् । त्यस्तो बेलामा मोटो रकम कमाउने मौका मिल्ने पनि मुमु बताउँछिन् । हाल आफ्नो प्रेमी नभएकाले भाडाको प्रेमिका बन्ने काम गरिरहेको भन्दै मुमुले आफ्नै ब्वाइफ्रेण्ड बनेपछि यस्तो काम गर्न छाड्ने बताएकी छिन् ।बिहेबाट बँच्ने तरिका

वास्तवमा चिनियाँ युवाहरुमा बिहेप्रतिको इच्छा कम हुँदै गएको छ । उनीहरु धेरै जिम्मेवारी बहन गर्न चाहँदैनन् । तर, बिहेदरलाई बढाउनका लागि चीन सरकारले विभिन्न खालका प्रयास गरिरहेको छ । त्यसका लागि विवाह गर्ने जोडीलाई वैवाहिक बिदा दिने नियम सुरु गरिएको छ । तर युवाहरू यसबाट उत्प्रेरित हुन सकेका छैनन् र बिहेबाट भाग्ने चलन बढेको छ ।

उमेर पुगेसँगै जब अभिभावकहरुले बिहेका लागि दबाब दिन थाल्छन् तब युवाहरु भाडामा नक्कली पत्नी लिएर घर जान्छन् र बुवाआमालाई भेटाउँछन् । साथै आफूले साँच्चिकै बिहे गरेको विश्वास दिलाउनका लागि विवाहको प्रमाणपत्र पनि पेस गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय