विभिन्न कारणले अहिले नेपालमा काजुको चर्चा छ । काजु महँगो ‘ड्राई फ्रुट्स’मा गनिन्छ । नेपाली बजारमा अहिले काजुलाई प्रतिकिलो १८,०० रुपैयाँसम्म पर्छ ।

काजुको उत्पत्ति ब्राजिलमा भएको मानिन्छ । व्यापारीहरूले भारत हुँदै नेपालसम्म पुर्‍याएको देखिन्छ ।

आज हामी काजु खानुका फाइदाबारे जानकारी दिँदैछौँ ।

काजुमा चिनीको मात्रा थोरै र फाइबर धैरै पाइन्छ । मुटुलाई स्वस्थ राख्न आवश्यक पर्ने फ्याट र गुणस्तरीय प्रोटिन पनि पाइन्छ । काजु खानाले शक्ति आर्जनमा सहयोग पुग्छ । दिमागको स्वास्थ्यलाई राम्रो गर्छ । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । हड्डीको स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

स्वास्थ्य क्षेत्रको चर्चित वेबसाइट हेल्थलाइनका अनुसार २८ ग्राम काजुमा निम्न मात्रामा पोषण पाइन्छ ।

क्यालोरी १५७
प्रोटिन ५ ग्राम
फ्याट १२ ग्राम
कार्बोहाइडेट ९ ग्राम
फाइबर १ ग्राम
कपर दैनिक आवश्यक मात्राको ६७%
म्याग्नेसियम दैनिक आवश्यक मात्राको २०%
म्याङ्गनिज दैनिक

आवश्यक मात्राको २०%
जिङ्क दैनिक आवश्यक मात्राको १५%
फोस्फोरस दैनिक आवश्यक मात्राको १३%
आइरन दैनिक आवश्यक मात्राको ११%
सेलेनिअम दैनिक आवश्यक मात्राको १०%
थियामिन दैनिक

आवश्यक मात्राको १०%
भिटामिन ‘के’ दैनिक आवश्यक मात्राको ९%भिटामिन ‘बी6’ दैनिक आवश्यक मात्राको ७%
किन खाने काजु ?

१. मुटुलाई स्वस्थ राख्न : एक अध्ययनले दैनिक आवश्यक पर्ने क्यालोरीमध्ये १०% क्यालोरी काजुबाट खाने डाइबिटिजका बिरामीमा गुणस्तरीय कोलेस्ट्रोल बनेको देखाएको छ । अरू अध्ययनले काजु खानाले ब्लड प्रेसर घटेको पनि देखाएका छन् । तर, यसमा अझै अध्ययन भइरहेकाले भरपर्दो निष्कर्ष आएको छैन ।

२. रगतजन्य रोगबाट जोगाउँछ : नियमित रूपमा मात्रा मिलाएर काजु खानाले रगतजन्य रोग लाग्ने सम्भावना कम हुन्छ । हाम्रो खानामा कपर (तामा) हुनु आवश्यक हुन्छ । काजुलाई कपरको राम्रो स्रोत मानिन्छ ।

३. छालाको लागि राम्रो : काजुको तेल छालाका लागि राम्रो मानिन्छ । काजुको तेलमा सेलेनिअम, जिङ्क, म्याग्नेसियम, फलाम र फस्फोरस पाइन्छ । काजुमा सेलिनियम धेरै पाइने भएकाले छालालाई त राम्रो गर्छ नै सँगै क्यान्सबाट पनि जोगाउँछ ।

४. तौल घटाउन : कतिपयले ड्राई फ्रुट्सको सेवनले तौल बढ्ने ठान्छन् । तर, विभिन्न अध्ययनले दैनिक रूपमा आवश्यक मात्रा काजु खानाले थोरै मात्रामा पनि तौल घट्ने देखाएका छन् ।

५. स्वस्थ र चम्किलो कपालका लागि : विज्ञहरू काजुको तेल सेवनसँगै कपालमा लगाउनाले कपाललाई स्वस्थ र चम्किलो बनाउँछ ।

हेल्थलाइन र एनडीटीभीको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय