शनिबार , बैसाख १, २०८१

मेरो ज्यानको खत’रा भयो भन्दै बालेन पुगे सिडियो कार्यालय, भित्र भित्र यस्तोसम्म भएको रहेछ…
Breaking News

प्रमुख समाचार

मेरो ज्यानको खत’रा भयो भन्दै बालेन पुगे सिडियो कार्यालय, भित्र भित्र यस्तोसम्म भएको रहेछ…
बालेनले गरे सुरक्षा खतराको संकेत, मागे पिएसओ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन् । आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका हुन् ।

मौखिक रूपमा मागे पनि उनले लिखित निवेदन भने दिएका छैनन् । जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ ।

खासगरी सुकुम्वासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् ।

विद्यार्थी युनियन : कता लाने, कता जाने ?

नेपाली इतिहासले भन्छ- विद्यार्थी युनियन हतियारका रूपमा जन्मियो । जन्माइयो । दलीय आन्दोलनका लागि । तिनको काम बन्यो- दलको सिद्धान्त बोक्नु । बोकाउनु । दलले उठाएका मुद्दामा आन्दोलित हुनु । दलले लाए–अह्राएको काम गर्नु । गराउनु । जयतु संस्कृतम् पहिलो उदाहरण हो ।

यो आन्दोलनका दुईवटा काम थिए । राणा शासनविरुद्ध आन्दोलित हुनु । जनतालाई सोही कुराले सुसूचित गर्नु । त्यही कामका लागि नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ बनायो । साम्यवादी दलहरूले आआफ्नै राजनीतिक रुझान अनुसार अखिल बनाए ।

समाजवादी अखिल । क्रान्तिकारी अखिल । प्रगतिशील अखिल । राजावादीले राष्ट्रवादी विद्यार्थी मण्डल बनाए । यसको सोझो अर्थ हो- जन्मका आधारमा विद्यार्थी युनियनहरू दलका हतियार हुन् ।

माओका झ्यानगार्डजस्ता । लेनिनका दस्ताजस्ता । अर्को शब्दमा, त्रुसेड । अह्राएको काम गर्ने । सैद्धान्तिक दृष्टिले अमुक दलको सिद्धान्त बोक्ने । बोकाउने । पूर्वप्रधानमन्त्री केपी ओलीको शब्दमा, अरिंगाल ।

विरोधीलाई टोक्न तथा टोकाउन । लेनिन तथा माओका शब्दमा, तिनैलाई ठोक्न तथा ठोकाउन । यस अर्थमा विद्यार्थी युनियनहरू जन्मले नै अधीनस्थ हुन् । परतन्त्री हुन् । समालोचक बन्न नसक्नेहरू । बनाउन नचाहनेहरू ।

यहीँनेर राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई प्रश्न गरौं- अब केका लागि विद्यार्थीलाई हतियार बनाउने ? हिजो भएन भन्नेहरू नै सत्तामा छौं । विद्यार्थी युनियनलाई पनि प्रश्न गरौं- कसका लागि हतियार बनिरहन्छौ ? आखिर केका लागि ?

विदेशका विद्यार्थी युनियन

फिलिपिन्सको अनुभवले भन्छ- फर्डिनान्ड मार्कोसको तानाशाहीविरुद्ध विद्यार्थी युनियन बन्यो । बनाइयो । त्यो राजनीतिक आन्दोलनको दस्ता थियो । मार्कोसविरोधी दलको सिद्धान्त बोक्ने तथा बोकाउने ।

मार्कोसपक्षीयलाई टोक्ने तथा ठोक्ने । ग्लोरियाका पालामा त्यही विद्यार्थी युनियनले बाटो बदल्यो । न्याय तथा अर्थपूर्ण परिवर्तनका लागि समर्पित हुने । कोभिडका बेला आमने–सामने (फेस टु फेस) कक्षा चलाउन दबाब दिने ।

अहिले आएर समालोचक समूह बन्ने । विषयगत सहकार्य (कलेक्टिभ इंगेजमेन्ट) गर्ने । अर्थात्, दलीय आग्रह तथा पूर्वाग्रह छाडेर सहकार्य गर्ने । सांस्कृतिक समूह । खेल समूह । समसामयिक मुद्दाका संवादी समूह आदि ।

चीनका विद्यार्थी युनियनहरू साम्यवादी अहिले पनि दलकै एजेन्ट हुन् । दलका नीति तथा कार्यक्रम लागू गर्ने । गराउने । कोभिडका बेला अन्तरविद्यार्थी संवादी समूह बन्ने । भारतका विद्यार्थी युनियनहरू पनि दलीय बने ।

आन्दोलनकारी भए । अहिले क्रमशः प्राज्ञिक क्षेत्रमा अग्रसर बन्दै गए । अतिरिक्त क्रियाकलापमा । संगीतमा । खेलकुदमा । कलामा । विद्यार्थी संसद्को अभ्यासमा । इन्डोनेसियाली विद्यार्थी युनियनहरू अतिरिक्त क्रियाकलापमा संगठित हुन थाले ।

संगीतमा । प्रदर्शनीमा । कलामा । जापानी विद्यार्थी युनियन पनि सोही काममा लागे । न्युजिल्यान्डका विद्यार्थी युनियन असमानताविरुद्ध क्रियाशील बने । विद्यार्थी ऋण सुविधाका लागि आवाज उठाउन थाले ।

विदेशका विद्यार्थी युनियनहरूको अभ्यासले भन्छ- विद्यार्थी युनियनको काम बदलिँदै छ । तिनीहरूले प्राज्ञिक अभ्यासतर्फ जानैपर्छ । कक्षाकोठाका कुरामा । पुस्तकालयका कुरामा । समुदायसँग सिक्नमा । समुदायलाई सघाउनमा ।

खेलकुद, मनोरञ्जन तथा अन्य कार्यमा लाग्न–लगाउनमा । कानुनी संवादमा । जनस्वास्थ्यका मुद्दामा । कृषिउपज बढाउनमा । देशको अर्थतन्त्र सुधार्नमा । यसो गरे मात्र उनीहरू भोलिका गतिला नेता बन्छन् ।

माथिको संवादले चार कुरा भन्छ । पहिलो, निरंकुशताविरुद्ध दलहरूले विद्यार्थी युनियनलाई हतियार बनाउछन् । अनि आआफ्ना सिद्धान्तका भारी बोकाउँछन् । दोस्रो, आफू सरकारमा गएपछि पनि विद्यार्थी युनियनलाई हतियार नै बनाउन चाहने नेताहरूले दलका नीति तथा कार्यक्रम समुदायमा लागू गर्ने घोडा बनाउँछन् ।

तेस्रो, विद्यार्थीलाई विद्यार्थी नै बन्न दिने दलहरूले तिनीहरूलाई अतिरिक्त क्रियाकलापमा लगाउँछन् । चौथो, विद्यार्थीहरूलाई भोलिका नेता बनाउन चाहने दलहरूले तिनलाई बहुविषयमा संवाद गर्ने सांसद बनाउँछन् । विषयविज्ञ बनाउँछन् । हाम्रा राजनीतिक दलहरूमा यो सुझ आएको छ त ? ल्याउन सकिन्छ त ? ल्याउनुपर्ने हैन त ?

अनुभवीका आँखामा विद्यार्थी युनियन

पिङमा हल्लिएका (स्विङ) राजनीतिज्ञहरूको नियति देखेको भुक्तभोगी नेपाली जमात बडो आशावादी छ । त्यो जमातले भन्छ- विद्यार्थी युनियनको नेतृत्वले भोलिका दिनमा शैक्षिक गुणस्तर खोज्छ । गरिखाने शिक्षामा समर्पित हुन्छ । पढाइ, गराइ तथा कमाइलाई जोड्न जनताका घरदैलामा जान्छ ।

सेवाप्रदायकसँग गुहार माग्छ । अनुसन्धानलाई संस्थागत गर्छ । सर्जक बन्छ । समालोचक बन्छ । जनतासँग टाँसिएका कुरामा स्थानीय तहमा जनपीडाविरुद्ध अभियान चलाउछ । प्रादेशिक तहमा छलफल गर्छ ।

राष्ट्रिय तहमा चर्चा गर्छ । परियोजना सञ्चालन गर्छ । बहुदृष्टिकोणीय राजनीतिक चर्चा गर्छ । जनस्तर उकास्ने चर्चा । विद्यार्थीलाई गरिखाने बनाउने चर्चा । जनज्ञान, शास्त्रीय ज्ञान तथा आधुनिक ज्ञानको सहसम्बन्ध खोज्छ । अर्थात्, जनस्तरको सांसद बन्छ ।

यस अर्थमा भोलिको जिम्मेवार नेता बन्ने अभ्यास गर्छ । समालोचक जनसमूह बनाउन क्रियाशील हुन्छ । यसका लागि विद्यार्थीलाई दलीय हतियार बनाउन अभ्यस्त शीर्षस्थ नेताहरू सोच्न थालेका छन् त ?

भुक्तभोगीको दोस्रो कोटिले बादलमा चाँदीको घेरा देख्छ । त्यो जमातले भन्छ— विद्यार्थी युनियन सेवामा लागेको छ । विद्यार्थीको । समुदायको । यो संस्था प्राज्ञिक काममा पनि अभ्यासरत छ । अतिरिक्त क्रियाकलापमा आबद्ध छ ।

शैक्षिक संवाद गरे–गराएको छ । समसामयिक मुद्दामा छलफल गर्ने गरेको छ । विपन्न तथा अप्ठेरोमा परेका विद्यार्थीहरूलाई सघाएको छ । विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा जोड्ने तालिम दिएको छ । मातृ दलसँग पनि विमति जनाउन थालेको छ । यस अर्थमा दलीय हतियार बन्ने–बनाउने कर्मबाट फरक हुँदै छ ।

वर्तमानमा पछ्याइरहेका भुक्तभोगीले भन्छन्- दलहरूसँगको सालनाले जोडाइ हाम्रा युनियनहरूको बोली हो । शीर्षस्थ नेताहरू जे गर्छन्, तिनकै पदचाप पछ्याउनु यिनको नियति हो । त्यो नियतिबाट विचलन हुँदा गुट बन्नु तिनको दैनिकी हो ।

आफ्ना क्याम्पसमा ताला लगाउनु तिनको बहादुरी हो । प्राध्यापक तथा कर्मचारीलाई धम्क्याउनु तिनको विनम्रता हो । प्राध्यापक तथा कर्मचारीलाई कालो मोसो दलेर नाम कमाउनु तिनी तथा तिनका दलले दिने स्याबासी हो । तर्साएर, फकाएर, नेता गुहारेर क्याम्पसबाट पैसा झार्नु तिनको श्रमार्जन हो ।

ठेक्कापट्टामा हिस्सा खोज्नु तिनको संस्कार हो । ‘मेरो नेतालाई भनेर तपाईंलाई अमुक पद दिलाउँछु’ भन्दै पदलोलुप प्राध्यापक तथा कर्मचारीसँग पैसा माग्नु तिनको आर्जन हो । नियम मिच्नु तिनको बौद्धिकता हो । शिक्षा र रोजगारी जोडिएन भन्नु तिनको भुकाइ हो ।

आफूले श्रम नगरी धनार्जन गर्नु तिनको रोजगारी हो । तिनका राजनीतिक दलहरूको दीक्षा पनि त्यही हो । श्रमको वकालत गर्नु तर लज्जास्पद काममा लागेकाहरूलाई संरक्षण गर्नु तिनको मापदण्ड हो । स्वतन्त्र विद्यार्थी भन्नु अनि दलको हतियार बनेकामा गर्व गर्नु तिनको अभ्यास हो ।

नियति बदल्ने अवसर

तीनै थरीका भुक्तभोगीको चाहना हो- विद्यार्थी युनियनका गतिविधिहरू बदलिनुपर्छ । बोक्ने नियति बदल्न अहिलेका राजनीतिक दलहरूको सैद्धान्तिक विचलन काफी छ । संविधानको धारा ५१(ज१) काफी छ । यो स्थितिले विद्यार्थीहरूलाई समालोचक विद्यार्थी बन्ने–बनाउने अवसर दिएको छ ।

टोक्ने नियति बदल्न नेताहरूको दन्तबजान र सत्तासीन हुनका लागि भएको पुनर्मिलनले बाटो दिन्छ । केका लागि दन्तबजान गरे नेताले ? केका लागि हामी धुर्रा उठ्यौं ? कुटाइ खायौं ? कुटाइ ख्वायौं ?

बाझ्यौं ? ती टोक्ने नेताहरू मिल्नासाथ हामी किन दाँत फुक्लेका मनुष्य बन्यौं ? ती मिल्नासाथ किन हामीले लुत्रे कान लगायौं ? यी र यस्ता प्रश्नले हामीलाई आत्मसमीक्षा गराउँछन् । त्यही आत्मसमीक्षाले विद्यार्थी युनियनहरू टोक्नेबाट बदलिन्छौं । परिणामतः हामी शालीन ढंगले प्रश्न राख्ने बन्छौं ।

विचार राख्ने बन्छौं । क्रमशः हामी ‘विद्या ददाति विनयं’ भन्ने पुर्ख्यौली मन्त्र स्विकार्न थाल्छौं । बुद्धू अभ्यासमा लागेका हामी योग तथा ध्यानले बुद्धको सोचमा पुग्छौं । अनि हामी आफ्नो रिस आफैं जान्दछौं । आफैं रिस थाम्न सक्छौं । अहिले भएको बुद्धूपनालाई क्रमशः बुद्धपनामा बदल्न सक्छौं ।

कसका लागि म ठोक्ने मुंग्रो बनें ? मलाई कसैले यही प्रश्न सोधे मैले के जवाफ दिने ? यी र यस्तै प्रश्नले विद्यार्थी युनियन ठोक्नेबाट बदलिन्छौं । यी बदलावहरूसँगै विद्यार्थी युनियनहरू स्वभावतः अब्बल शिक्षाको वकालत गर्न थाल्छौं । गरिखाने सीप खोज्न थाल्छौं । अनुसन्धान गर्ने कलामा पारंगत हुन थाल्छौं । एउटै कुरालाई बहुआँखाबाट हेर्ने र बुझ्ने तागतवाला बन्छौं । भोलिको कर्मठ नेतृत्व बन्छौं ।

श्रमको खाना अमृत हो । तर्साएर कमाएको खाना विष हो । मार्क्स मान्नेले श्रम गर्ने कि तर्साएर कमाउने ? कमिसनमा पालिने कि आफैंले कमाउने ? क्रान्तिको बेला कसैले दिएको एक रुबल (रुसी रुपैयाँ) पनि फर्काउने लेनिन मान्नेले श्रम गरेर कमाउने कि ठगेर वा धम्क्याएर कमाउने ?

जनताको सिन्को पनि लिनु हुन्न भन्ने माओका अनुयायीले कसरी जबर्जस्ती पैसा असुल्ने ? कसरी त्यही पैसामा मस्ती गर्ने ? आफू पेट बाँधेर अर्काका निम्ति काम गर्ने बीपी, गणेशमान, कृष्णप्रसाद, पुष्पलाल, मनमोहन तथा मदन भण्डारीका नाम लिनेले कसरी क्याम्पसको रकममा आँखा गाड्ने ?

हिजोका हाम्रा कारनामा देखेको दुनियाँले के भन्ला ? यी र यस्ता प्रश्नले विद्यार्थी युनियनलाई आफैं लज्जाबोध हुन्छ । अनि सोच्न थाल्छौं— भोलि सरकार चलाउन जाँदा के बोल्ने ? परिणामतः हामी मेहनती विद्यार्थी बन्छौं । गरिखाने विद्यार्थी । गरिखाने विद्यार्थी नेता ।

लागेको बानी किन छोड्ने ? पाएको दलीय दीक्षा किन बदल्ने ? यी र यस्तै सोच बोक्ने हो भने हामी चिनियाँ नियति बनाउन थाल्छौं । अर्थात्, दलकै हतियार बन्छौं । तर घोषणापत्रमा उल्लेख गरिएका दलकै नीतिहरू लागू गर्छौं ।

कार्यक्रम कार्यान्वयन गर्छौं । दलले जनतालाई दिएका वाचाहरू पूरा गर्छौं । निःशुल्क शिक्षाको वाचा । सुलभ स्वास्थ्यसेवाको वाचा । भ्रष्टाचार उन्मूलनको वाचा । आर्थिक समृद्धिको वाचा । सुखी नेपालीको वाचा । अर्थात्, हिजोका मोसो दल्ने बानी बदल्छौं ।

अशिष्ट बोली बदल्छौं । अर्काको कार्यक्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने बानी बदल्छौं । कुट्न तथा काट्न जाने बानी बदल्छौं । संवाद तथा संकथनमा विश्वास गर्न थाल्छौं । व्यक्तिका विचारलाई सम्मान गर्न थाल्छौं । शिष्ट ढंगले अरूका विचारको खण्डन गर्न थाल्छौं ।

रहनी

विद्याको पछि लाग्ने विद्यार्थी हो । वैदिक पुर्खाको बुझाइमा विद्या ज्ञान हो । विज्ञान भनेको ज्ञान प्रमाणित गर्ने प्रक्रिया हो । त्यसैले यजुर्वेदीय चिन्तन बन्यो- विद्या मात्रै जानेर व्यक्ति मुक्त हुँदैन । प्राज्ञ हुँदैन । अविद्या मात्रै जानेर पनि व्यक्ति मुक्त हुँदैन । प्राज्ञ पनि हुँदैन । उसले विद्या र अविद्या दुवै जान्नुपर्छ ।

तब मात्रै व्यक्ति प्राज्ञ हुन्छ । मुक्त हुन्छ । हामी अध्यात्मवादी भन्नेहरूलाई गतिलो चड्कन हो यो । हामी भौतिकवादी हौं भन्नेलाई पनि उत्तिकै दह्रिलो झापड हो यो । यजुर्वेदको यो कुरा दलका शीर्षस्थ नेताहरूले कहिले बुझ्लान् ? तिनका पिछलग्गु बने–बनाइएका हामी शिक्षक, प्राध्यापक तथा विद्यार्थीले कहिले बुझौंला ?

जुन दिन यो कुरा बुझ्न–बुझाउन थाल्छौं, त्यो दिन हामीले विद्यार्थी बनाउछौं । तिनकै युनियन बनेको दिन मात्र देशले भोलिको असल नेता पाउँछ । असल विद्यार्थी युनियन पाउछ । अहिलेका शीर्षस्थ नेताहरू एककाँधे हुन् । तिनकै हतियार बने बनाइएका विद्यार्थी युनियनहरू पनि एककाँधे हुन् । यस्ता एककाँधे शिक्षा र दीक्षा बदले मात्र विद्यार्थी युनियन भोलिको आशा बन्छ ।

अहिलेकै स्थितिमा रहे वा राखिए भोलिको गलपासो हुन्छ । यहीँनेर विद्यार्थी युनियनहरूलाई सोधौं- भोलिको आशा बन्ने कि गलपासो ? दलहरूका शीर्षस्थ नेतालाई सोधौं- विद्यार्थी युनियनलाई के बनाउने ? आशा कि गलपासा ? अहिले भने उनीहरू गलपासा बने–बनाइएका छन् । तिनलाई आशामा बदल्ने हो भने बोक्ने, टोक्ने, र ठोक्ने कामबाट मुक्त गरौं । परिश्रम गरेर कमाउने काममा लगाऔं ।

विद्या र अविद्या दुवैमा पारंगत बन्ने बाटामा लगाऔं । हतियार बनाउनेले हिजो अमृत ठानेका विद्यार्थी युनियनहरूलाई आजको समाजले विष मानेको छ । पुर्खाले एककाँधे मानेका छन् । संक्षेपमा तिनलाई प्राज्ञ बन्ने बाटामा लगाऔं । ज्ञान र विज्ञानको सहसम्बन्ध जान्ने । राजनीतिज्ञ बनाऔं । हर राजनीतिक आस्थाबीचको साम्यता तथा भिन्नता बुझ्न–बुझाउन सक्ने । गरिखाने बनाऔं ।

आफ्ना श्रम तथा सीपको प्रयोग गरेर कमाउने । अनिवार्य समाजसेवा गर्ने । समालोचकीय क्षमता आर्जन गर्ने । सर्जक बनाऔं । विकल्पहरू सोच्ने र तदनुसार काम गर्ने । नेतृत्वको तयारी गरौं । जनस्तरका अनेकन् समस्याका समाधानहरू खोज्ने । खोजाउने । विद्यार्थी युनियनको अहिलेको दीक्षा र शिक्षा यसरी बदल्ने कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय