मंगलबार , चैत्र ६, २०८०

चर्चित नायिका सुष्मा कार्की मस्ती गर्दागर्दै प्रहरी द्वारा स;मा;तिइन्’ हेर्नुहोस स;न;स;नी पूर्ण भिडियोहोटलमा मस्तसँग बसिरहेकी चर्चित नायिका सुष्मा कार्की समातिइन्, सुष्माका प्रेमीले नै झुक्काएर प्रहरीलाई खबर गरेको सुष्माले थाहा पाएपछि रिसले बनिन् आगो, हेर्नुहोस् भिडियो ।पनि

मनोज गजुरेलले दोस्रो विबाह गरे लगत्तै मिना भइन् बेहाल, मनोजकी अहिलेकी पत्नि निकै मिलनसार र बुझ्न भएको भन्दै मनोज मिडियामा आएपछि मिनाले झर्किदै भनिन् त्यो घर मैले बनाएको हो, म मेरा छोरा छोरी भेट्न त्यो घरभित्र पस्छु, मिना गएपछि के हो अब ?

यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ ।यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व

मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी,

अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल,

सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्म संस्कृतिविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

यसपालीको तिहारमा ३५ करोडको झिलिमिली बत्ती,व्यवसायीले अर्डर गर्न नपाएपछि बजारमा स्टक समान नै बढी यसपालीको तिहारमा ३० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाली बजारमा भित्रिएको छ । तिहार तथा छठलाई लक्षित गर्दै व्यवसायीहरुले उक्त परिमाणको झिलिमिलि बत्ती आयात गरेको हुन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज नारायण खरेलले यो वर्षको तिहारमा ३० देखि ३५ करोड हाराहारी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको जानकारी दिए ।गतवर्ष ७० करोड हाराहारीमा बत्तीको कारोबार भएको थियो । तिहार सकिने बित्तिकै छठ पर्व शुरू हुने भएकाले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात गरिएकाे हाे ।

काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका शहरमा यस्ता बत्तीको माग अत्यधिक हुन थालेको महासंघको भनाइ छ ।पछिल्लो समय सिजनको व्यापार भएकाले तिहारका लागि भित्रिएका सामान फुटपाथमै पनि व्यापारीले विक्री गर्ने गरेका छन् । देशमा लोडशेडिङ भएका बेलाको तुलनामा अहिले यस्ता बत्ती प्रयोग गर्नेहरूको संख्या बढेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय