आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

हत्या अभियोगको फरार सूचीमा रहेका एक जना ११ वर्षपछि पक्राउ परेका छन् । प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५, छत्रगञ्जका दिपक कुमालको हत्या आरोप लागेका हन्तिलाल कुमाल १० वर्ष ८ महिनापछि समातिएका प्रहरीले जनाएको छ ।

२०६७ भदौ ६ गते हत्या गरी फरार भएका ४९ वर्षीय कुमाललाई जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले बताए ।

‘अभियुक्त कुमाल जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धानमा छन्, उनले भने,‘ अभियोग लागेको करिब ११ वर्षपछि लुकिछुपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।’

हत्या गरेका कुमालले घरेलु हतियार हसिँया प्रयोग गरी २०६७ साल भदौ ६ गते छत्रगञ्जको टुनीचौर स्थित खेतमा शव फालेको आरोप छ । घटनापश्चात् अभियुक्त कुमाल भारतमा लुकिछिपी बस्दै आएका थिए ।

यो पनि पढ्नुहोस् ।

आमाको हत्या गरी फरार रहेका एक अभियुक्त डेढ वर्षपछि फक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीका २८ वर्षीय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन्।

२०७६ कार्तिक १६ गते वर्ष ५५ की आमा फुलमती कुर्मीसँग घरायसी झगडा हुँदा घाँटी थिची, कुटपिट गरी हत्या गरेका थिए।

फरार अभियुक्त बुद्धभुमी नगरपालिका वडा नं ५, चौरीमा फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान कार्य भई रहेको उनले बताए। अभियुक्तका भाई हेमराजले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय