शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुग्दा माधव नेपाल–झलनाथ खनाल पक्षका नेताहरूलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि स्थगनमा परेको छ।

आइतबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा नेपाल समूहका नेताहरूलाई कारवाही गर्ने कि नगर्ने भन्नेबारेमा विवाद उत्पन्न भएपछि ओलीले नै अहिले कारबाहीको विषयमा कुराकानी नगरौं पछि उनीहरूको विषयलाई हेरेर कारबाहीको प्रक्रिया अघि बढाउँला भन्दै स्थगन गरेका हुन्।

महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठकमा कतिपय नेताहरूले कर्णाली प्रदेशजस्तै केन्द्रमा पनि नेपाल पक्षहरू फ्लोर क्रस गर्ने सूचना आएको भन्दै कारबाही गरेर अघि बढ्नुपर्ने बताएका थिए।

तर त्यसमा केही नेताहरूले भने सरकार नै ढाल्ने भएपछि र अर्को पार्टी नै गठन गर्ने भए कारबाही गर्नु र नगर्नुको कुनै अर्थ नहुने बताएका थिए। ‘कर्णालीमा जे समस्या आयो संघमा पनि उनीहरूको तयारी के हुन्छ उनीहरूले सरकारलाई हुर्ने दृष्टिमा कसलाई समर्थन गर्छन्, त्यहीअनुसार कदम चाल्ने हो अहिलेलाई यो विषय यही स्थगन गरौं,’ ओलीको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले र्पीमा समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंघन गरेको, अनुशासनहीन काम गरेको भन्दै ६ वैशाखमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।

त्यसमध्ये सबैजनाले स्पष्टीकरण बुझाइसकेका छन्। ओलीले सांसद पदसमेत बाँकी नरहनेगरी पार्टीबाट र सांसद पदबाट हटाउने तयारी गरेको भएपनि अहिलेलार्ई स्थगन गरेका हुन्।

नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ। ओलीले आइतबार आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेका थिए।

बैठकले कर्णालीमा जस्तै विभिन्न प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बारेमा पनि छलफल भएको थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हाम्रै पार्टीभित्रका साथीहरूबाट अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको जानकारी आएको बताए।

‘कर्णालीजस्तै विभिन्न प्रदेशमा त्यसको तयारी भएको जानकारी पाएका छौं,’ प्रवक्ता ज्ञवालीले भने।  उनका अनुसार पार्टीले यो विषयमा गहिरो छलफल गरेर निर्णय लिने समेत बताए।

‘आज अलिकति स्थितिको हामीले समीक्षा गर्‍यौं, अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको सूचना छ कसरी ल्याउने कुरा त धेरै ठूलो कुरा भएन, तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरू गराउन पनि प्रयासहरू हुँदै गरेका बारेमा हामीलाई जानकारी आएको छ त्यसका लागि आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गर्नेनै छौ,’ बैठकपछि ज्ञावालीले भने।

आइतबारको बैठकमा नेपाल पक्षका केही नेतालाई कारबाही गर्ने प्रसँग उठको बताउँदै ज्ञावालीले अहिले त्यससम्बन्धी कुनै पनि निर्णय नभएको बताए।

गत बुधबार र बिहीबार ओली नेपालबीच भएको वार्ता असफल भएपछि ओलीले नोलसमूहका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए। ओलीले कारबाही प्रक्रिया अघि बढाउने बताइरहेका बेला आइतबारको बैठकमा त्यसबारे निर्णय हुनसक्ने अनुमान गरिएको थियो।

यद्यपि त्यसबारे केही निर्णय भएन। प्रवक्ता ज्ञावालीका अनुसार आइतबारको बैठकमा कोभिड नियन्त्रणका लागि पार्टी पंक्तिलाई परिचालन निर्णय गरेर टुग्याइएको थियो। ‘कोभिड कसरी भूमिका खेल्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो, अब आयोजक कमिटीको बैठक बस्न गाह्रो छ।

गाउँ गाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको सबै संगठन परिचालित हुनको लागि विशेष कार्यायोजना बनाएर अघि बढ्ने निर्णय भएको छ,’ ज्ञवालीले भने।

उनका अनुसार वैठकले सबै केन्द्रीय सदस्य र मातहतका कमिटीहरूलाई कोरोना नियन्त्रणमा जुट्न निर्देशन दिइएको छ।

जिल्ला कमिटी, जनप्रतिनिधि सबैले जिल्ला जिल्लामा हेल्थ डेस्क राख्न, विदेशबाट आएका वा संक्रमणको सम्भाव्य जोखिममा रहेका साथीहरूलाई क्वारेन्टिनमा राख्न, त्यस्तो क्वारेन्टिन बनाउनको निम्ति स्थानीय तहसँग समन्वय गर्न र गाउँ गाउँमा जागरण अभियान चलाउन स्थानीय नेतासमेत परिचालन गर्न आग्रह गरिएको छ।

– नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय