बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

कोरोना सङ्क्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुुख जिल्ला अधिकारी र सुरक्षा निकाय बीच अहिले छलफल चलिरहेको छ ।

बैठक अहिले काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा चलिरहेको छ । हिजो जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज अर्को छलफलमा चलेको हो ।

देशका केही जिल्लामा निषेधाज्ञा जारी रहेको बेला काठमाडौं उपत्यकामा आगामी दिनमा के रणनीति बनाउने भनेरै छलफलमा जुटेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो ।

निषेधाज्ञा लगाउने वा नलगाउने भन्ने विषयमा छिटटै निर्णयमा पुग्ने उहाँले बताउनुभयो । यसको साथै कोरोना संक्रमण रोकथामको उपायका विषयमा गहन छलफलमा जुटेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा आजदेखि एक साताका लागि बन्द भइसकेका छन् ।

अत्यावश्यकमा शान्ति सुरक्षा संग सम्बन्धित निवेदन र मुद्दासंग सम्बन्धित कार्य सहित अन्य अत्यावश्यक सिफारिसका सेवा सुचारु हुने उहाँले जानकारी दिनुभयो ।

यसै गरि नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र , राहदानी विवरण तथा सिफारिश, हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा आज बाट बन्द भएका छन् ।

यो पनि पढ्नुहोला ।

मकवानपुर, वैशाख १२ गते । बाग्मती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताउनुभयो ।

जोर–बिजोर प्रणाली लागू गर्ने भनी जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई÷बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाउनुभयो ।

उहाँका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुवाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ–आफ्नो गन्तव्य स्थानसम्म आवजआवत गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको केही दिनअघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताउनुभयो ।

विभिन्न शहरमा सिसिटिभी जडान गरिने

प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे, मकवानपुरको हेटौँडा र चुरियामाई, काभ्रेपलाञ्चोकको धुलिखेल, नुवाकोटको ककनी (त्रिशूली)क्षेत्रमा सिसिटिभी जडान गर्न पूर्वाधारको निर्माण कार्यमा तीव्रता ल्याइएको बताउनुभयो ।

उहाँका अनुसार ती शहरमा सिसिटिभी जडान गर्न प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकिएको र केही महिनाभित्रै सिसिटिभी जडान गरी प्रयोगमा ल्याइने तयारी भइरहेको छ ।

– गोर्खापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय