मंगलबार , चैत्र ६, २०८०

ठेक्का लिएर काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा

प्रधानमन्त्री प्रचण्डको एकपछि अर्को निर्देशनले जनताले सास्ती भोग्नु परेको छैन

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्माणको जिम्मा लिएर समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । विभिन्न नगरपालिका तथा कार्यालयहरूबाट लेखी पठाएको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा पर्नेमा कल्पना कन्स्ट्रक्सन गुलरिया नगरपालिका–६, बर्दिया, जय गढीमाई निर्माण कन्स्ट्रक्सन राप्ती–६ चितवन, गुण निर्माण सेवा हेटौंडा, मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि रसुवा र इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ड क्राफ्ट प्रालि चितवन रछन् । मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिलाई दुई वर्ष र अन्यलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि यो नियम लागू हुने भएकाले उक्त निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायलाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यी कम्पनीहरूलाई निर्माणको ठेक्का लिएर समयमै काम नसकिएपछि कालोसूचीमा राखिएको जनाइएको छ ।

साफ च्याम्पियनसिप बेंगलुरुमा हुने

काठमाडौँ — दक्षिण एसियाली फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को १३ औं संस्करण बेंगलुरुमा आउने जुन २१ देखि जुलाई ३ सम्म सञ्चालन गर्ने आयोजक अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले आइतबार जनाएको छ ।

च्याम्पियनसिपमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का सातै देशका राष्ट्रिय टिम सहभागी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको श्रीलंकाले भने उक्त प्रतिबन्ध फुकुवा भएमा मात्रै साफमा सहभागी हुन पाउनेछ । सन् २०२१ मा माल्दिभ्समा भएको १२ औं संस्करणमा नेपाली टिम उपविजेता भएको थियो । त्यो नै साफमा नेपालको सबभन्दा ठूलो उपलब्धि हो । माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० ले हराएर भारत च्याम्पियन भएको थियो ।

आर्सनल आठ अंक अगाडि

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।

यो जितपछि आर्सनलको २८ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक छ । उसले एक खेल कम खेलेको छ । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि बुकायो साकाले दुई गोल गरे । यस्तै ग्याब्रिएल मार्टिनेल र ग्रायन्ट कासाले एक/एक गोल गरे । प्यालेसका तर्फबाट जेफरी स्कपले एक गोल फर्काए ।

त्यस अगाडि एभरटनले शनिबार चेल्सीको स्टामफोर्डब्रिजमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको थियो । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरेका हुन् ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हराए । यस्तै, साउथह्याम्पटन र टोटेनहमले ३–३ को बराबरी खेले । यो नतिजाले शीर्ष चारमा टोटेनहमको चुनौती कमजोर बनेको छ ।

एफए कपमा भने इर्लिङ हालान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिक मदतले म्यानचेस्टर सिटीले शनिबार बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ ।

नर्वेली अग्रपंक्तिका खेलाडी हालान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुड भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई गोलमात्र पछाडि रहेका छन् । उनले यो सिजन सर्वाधिक गोलको इंग्लिस कीर्तिमान राख्न सक्नेछन् ।

सिटीले च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको टिममाथि इतिहादमा प्राप्त यस जितमा जुलियन अल्भारेजले दुई गोल गरे । यस्तै, एक गोल कोल पाल्मरको नाममा रह्यो । आइतबार एफए कपकै अर्को खेलमा सेफिल्ड युनाइटेडले ब्लाकबर्न रोभर्सलाई ३–२ ले हरायो । त्यसमा टोलमी डोयलीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे ।

पाल्पाको माण्डव्य र उद्बुद्ध क्याम्पसमा अखिलको नेतृत्व

पाल्पा — पाल्पाको माण्डव्य बहुमुखी क्याम्प्स दमकडा र पुर्वखोलास्थित उद्बुद्ध कलेजमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत भएको छ ।

माण्डव्य क्याम्पसमा नेकपा एकीकृत समाजवादी र नेविसंघसमेत सामेल छ । उद्बुद्ध कलेजमा भने एमाले निकट अखिलको प्यानल सर्वसम्मत भएको हो ।

माण्डव्य क्याम्पसमा एमाले समर्थित सरोज अधिकारी सभापतिमा निर्विरोध भएका हुन् । उपसभापतिमा विन्दु, बन्दना सुनार सचिव, अंकित ढकाल सहायक सचिव, विष्णु पोखरेल कोषाध्यक्षमा निर्विरोध भए । सदस्यहरुमा विन्दु भण्डारी, अमृतादेवी बस्याल, कविता भण्डारी र बन्दना पाण्डेय निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनअन्तर्गत एमालेनिकट अनेरास्ववियुको प्यानल निर्विरोध भएको छ । अनेरास्ववियुका नेता नविन आचार्यका अनुसार सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव विनिता कामु निर्विरोध भए ।

सदस्यहरू सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय