मंगलबार , बैसाख ११, २०८१

रबि चितवन बासिको काखमा आईपुगे,म बाचेर आए मलाई अब फसाउन सक्दैनन् ,जनतालाई लगाउन फुल माला लिएर आए Rabi।

र यो पनि
प्रचण्ड, जनार्दन र कुलमानले बनाएको त्यो योजना पूरा हुनासाथ नेपाल बिश्वकै धनी देशमा गनिने छ भने सबओ नेपाली रोजगारमुलक हुनेछन । अमेरिका अष्ट्रेलियामा पाउने तलब नेपालमै पाउनेछन ।

काठमाडौं। मुलुकको विद्युत उत्पादनमा कुल जडित क्षमता २४३० मेगावाट पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार फागुन ३ गतेसम्म प्रणालीमा बढेर त्यति पुगेको हो।

यसमा निजी क्षेत्रका जलविद्युत आयोजनाबाट हुने उत्पादन १२४६ मेगावाट पुगेको छ। यो मुलुकको कुल ऊर्जा उत्पादनको ५१.३० प्रतिशत हो। नेपाल विद्युत प्राधिकरणको ८५३.३ मेगावाट अर्थात २४ प्रतिशत, प्राधिकरणको सहायक कम्पनीको ४७८ मेगावाट अर्थात १९.७ प्रतिशत, प्राधिकरणको सोलार आयोजना २४.१८ मेगावाट अर्थात १ प्रतिशत हिस्सा छ।

निजी क्षेत्रको सोलार आयोजनाबाट ४३.१ मेगावाट अर्थात १.७ प्रतिशत, प्राधिकरणले थर्मल प्लान्टबाट ५६.४ प्रतिशत अर्थात २.३ प्रतिशत हिस्सा रहेको छ।

प्रणालीमा ३१०७६ मेगावाट आवर उपलब्ध, ३९ प्रतिशत आयात

अहिले प्रणालीमा विद्युतको कुल उपलब्धता ३१०७६ मेगावाट आवर छ। जसमा विद्युत प्राधिकरणको ६०२३ मेगावाट आवर (१९.३८ प्रतिशत), प्राधिकरणको सहायक कम्पनी २७८२ मेगावाट आवर (८.९० प्रतिशत), निजी क्षेत्रले उत्पादन ८९१६ मेगावाट आवर (२८.७० प्रतिशत) उत्पादन गरिरहेको छ।

विभिन्न कारणले प्राविधिक अवरोध भएर १२४५ मेगावाट आवर (४ प्रतिशत) मा विद्युत प्रवाह रोकिएको छ। स्थानीय उत्पादनले माग पुरा गर्न नसकेर भारतबाट १२१०९ मेगावाट आवर (३८.९६ प्रतिशत) आयात भइरहेको छ। अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन्। जसका कारण हिउँदमा उत्पादन ३२ देखि ३५ प्रतिशतमा खुम्चिन्छ। सोही कारण स्थानीय उत्पादनले नपुगेर माग धान्न आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

केही साताअघि करिब ३३ प्रतिशत आयात भइरहेको थियो। सुक्खायामसँगै प्राधिकरणले आयात बढाएको हो। अहिले विद्युतको उच्च माग (पीक डिमाण्ड) १६२८ मेगावाट छ।

३२८० मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा

नेपालमा विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएर ३२८०.८८ मेगावाटका आयोजना निर्माणाधीन अवस्था छ।

प्राधिकरण र यसको सहायक कम्पनी मार्फत ४४७.३० मेगावाट निर्माणाधीन छ। निजी क्षेत्रले २७७५.७८ मेगावाट र सोलारका ५७.८० मेगावाटका आयोजना निर्माण गरिरहेका छन्।

पीपीए भएर फाइनानान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो),निर्माण तयारीमा १५५३.३६७ मेगावाटका आयोजनाहरु रहेको छन्। जसमा प्राधिकरण र सहायक कम्पनीको ४० मेगावाट, निजी क्षेत्रको १५०४.१६७ मेगावाट र निजी क्षेत्रकै सोलार आयोजनाबाट ९.२ मेगावाट रहेको छ। कुल निर्माणाधीन र निर्माण तयारीका आयोजनाहरुको क्षमता ४८३४.२४७ मेगावाट रहेको छ।विद्युत विकास विभागतले ३१३९१.२४९ मेगावाटका ६३७ आयोजनाको विकास गर्न अध्ययन गरिरहेको छ। सरकार आफैंले २२३ आयोजना जसको कुल क्षमता १५२३४.६०४ मेगावाट छ। लगानी बोर्डले ४७६२ मेगावाट क्षमताका ७ आयोजना अघि बढाएको छ। बहुउदेश्यीय जलविद्युत आयोजना ३ वटा छन्।

३००० मेगावाटको सप्तकोसी उच्च बाँध, ६४८० मेगावाटको पञ्चेश्वर, १०३०० मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय प्रकृतिका आयोजना हुन्। जसलाई सरकारले अघि बढाउन लागेको छ।

२५७ आयोजनाले पाए उत्पादन अनुमतिपत्र

कुल १३९ वटा आयोजनाले विद्युत उत्पादन गरिरहेका छन्। थप २५७ आयोजनाले उत्पादन अनुमति पाएका छन्। जसबाट करिब ८६५० मेगावाट उत्पादन हुनेछ। ९५ वटा आयोजनाले उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएका छन्। जसको कुल क्षमता ७५४५ मेगावाट छ।

१३५ आयोजनाले सर्वेक्षण अनुमति पाएका छन्। जसको क्षमता १२०२२ मेगावाट छ। १०३६ मेगावाट क्षमताका २१ आयोजनाले सर्वेक्षणका लागि अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएका छन्।

प्राधिकरणका अनुसार विद्युत उपभोक्ताको संख्या ४७ लाख ७० हजार घर धुरी अर्थात ९६.५ प्रतिशतमा पुगेको छ। प्रतिव्यक्ति विद्युत खपत ३०० किलोवाट आवर छ।

गणित उद्यान सुरु

काठमाडौँ — विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो ।

बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गरिन् ।

म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।

विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने बताइन् ।

मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उनले जानकारी दिइन् । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन् ।

अंग्रेसजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय