बिहिबार , बैसाख १३, २०८१

राजनीति
रबि लामिछाने चितवन देखि यसरि निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना

बिहानको पौने ८ बजेको छ । भरतपुर–४, लंकुमा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो किरिङरिङ आवाज गुञ्जिरहेको छ । तर आसपास कुनै मन्दिर वा धार्मिक सभा चलेका छैनन् ।

महिलाहरु स्वतस्फूर्त भेला भएर घन्टी बजाइरहेका छन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा हो । उनको पार्टीको चुनाव चिह्न घण्टी भएकाले समर्थनमा यो आवाज घन्किएको हो ।

पहिल्यैदेखि कांग्रेसमा भोट हालेको हो, तर केही काम गरेनन्’, सभाको पछिल्तिर उभिएकी ४१ वर्षकी निर्माया चापागाईंले सुनाइन्, ‘यसपालि रवि बाबुलाई जिताउन घरबाट घन्टी लिएर आएको छु ।’

उनले टोलका सबै महिलाहरुले सल्लाह गरेरै सभामा जम्मा भएको बताइन् ।विदेशमा छोराछोरीले दुःख पाउँदा जनताले पैसा उठाएर झिकाउनुपर्छ, सरकार केही गर्दैन ।

रवि बाबुले धेरै गर्नुभएको छ’, चापागाईंले लामिछानेलाई समर्थन गर्नुको कारण खुलाउँदै भनिन्, ‘त्यसैले घन्टी बजाएको हुँ, यो पनि विग्रियो भने पछि हेर्छौं ।’

लामिछानेले ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत विदेशमा दुःख पाएका नागरिकका गुनासो सुनेर सम्बोधन गर्ने प्रयास गरेका थिए ।

उनले नागरिकलाई पिरपर्का परेका विषयमा तत्काल सरोकारवालासँग सम्पर्क गरेर समाधान खोज्ने प्रयासलाई कार्यक्रमको शैली बनाएका थिए ।हिजो उहाँले कार्यक्रममा के–के गर्नु भएको छ सोच्नुस्, अनि आफैं विचार गर्नुस्’,

भरतपुर–१, नारायणघाटका झलक थापाले लामिछानेको पक्षमा माहोल देखिनुको कारण खुलाए, ‘आउने दिनमा पनि गर्नुहुन्छ जस्तो लाग्छ ।’

त्यही सोचेर आफूले चलाउने अटोको सिटमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्टिकर टाँसेका छन् ।चितवनमा करिब आठ हजार अटो चालक छन् । अधिकांशले घण्टीलाई नै भोट हाल्ने हो’, उनले सुनाए, ‘हामी जस्ता युवाको अटो चलाएर हिँड्नुपर्ने अवस्था यिनै नेताहरुको कारणले हो ।’ती रवि, यी रवि

रवि तिनै सञ्चारकर्मी हुन्, जो बेथिति र विसंगतिविरुद्ध टेलिभिजन कार्यक्रममा खरो उत्रन्थे । आक्रामक बनेर प्रस्तुत हुने उनको शैलीको एउटा वर्गले

आलोचना गरेपनि जनतामाझ लोकप्रिय बन्यो । उनले यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई ‘स्टिङ अपरेशन’ भन्दै बनाएको कार्यक्रममै पीडितको खुट्टा ढोग्न लगाए । प्रहरीले गर्नुपर्ने काम आफैं गरेको आरोप लाग्यो ।

सुन तस्करी प्रकरण चलेका बेला त उनले राष्ट्रिय टेलिभिजनबाटै ‘टुँडिखेलमा राखेर घुमाएर एक–एक किक हान्न मन छ । नाकको डाँडी भाँचिने गरी’ भनिदिए । उनको यो शैलीलाई सधैं प्रश्न गरिरहनेको समूह पनि ठूलै छ ।

लामिछानेले चाहिँ आफू पत्रकार नभएको जिकिर गर्दै ‘कार्यक्रम प्रस्तोता’ मात्र भएकाले आफ्नो शैली भिन्न हुनु स्वाभाविक रहेको बताइरहे । तर यसपालि भरतपुरमा भेटिएका रवि चाहिँ सञ्चारकर्ममा रहँदाभन्दा विल्कुल भिन्न देखिए ।

उनले कसैलाई गाली गरेनन् । प्रतिष्पर्धीलाई पनि ‘सम्मान गर्ने’ बताए । अझ सभामै अरु राजनीतिक दलले गरेका ‘ऐतिहासिक योगदानलाई अवमूल्यन नगर्ने’ पनि सुनाए ।

‘म ती पार्टीको योगदानको अवमूल्यन गर्ने साहस राख्दिनँ, जसले यत्रो ठूलो परिवर्तनमा योगदान दियो’, उनले चुनावीसभामा मतदातालाई प्रश्न गरे, ‘तर, देशलाई योगदान दिन आफ्नो दलले बाटो विरायो भने सही बाटोमा ल्याउने काम पनि आम कार्यकर्ता र सदस्य साथीहरुकै होइन र ?’

लामिछानेले बालेन शाहको पनि उदाहरण दिँदै उनलाई भोट दिने मानिसहरु सबै दलका भएको स्मरण गराए । ‘किन बालेनलाई सबैले भोट हाले ? उनीहरुले देशलाई माया गर्छन् र आफ्नै दलको बेथितिविरुद्ध पनि बोल्न तयार हुन्छन्’, रविले तर्क गरे । रविले बोल्दै जाँदा विभिन्न पार्टीमा आस्था राखे पनि सभामा पनि सहभागी समर्थकहरुले घण्टी बजाएर समर्थन जनाए । उनको पक्षमा हुटिङ गरे ।

लामिछानेले पनि थपे, ‘तपाईंहरु गोलीसँग नडराएको मान्छेहरु हो, परिवर्तनका लागि योगदान दिएका व्यक्तिहरुलाई पार्टीको कारबाहीको डर हुँदैन ।’रविको फेरिएको शैली चुनावी रणनीति पनि होला । तर, विगतमा खरो उत्रिने उनको आजभोलिका भाषण सुन्दा जोकोहीलाई रविको बदलिएको अनुहार स्पष्ट देखिन्छ ।

रवि स्वयं पनि भन्छन्, ‘म खरो र दह्रो बोल्न नसक्ने मान्छे होइन । तर, अहिले त्यो गल्ली छाडेर मूल बाटोमा आएको छु ।’

रवि लामिछानेसँग चुनावी प्रतिष्पर्धाका लागि को–को छन् आकांक्षी ? सत्तारूढ दलसँग चुनावी गठबन्धन हुँदैन : रास्वपा

काठमाडौं । रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएपछि चितवन २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख दलका नेताहरु चुनावी तयारीमा जुटेका छन् ।

रास्वपाले सभापति रवि लामिछानेलाई उमेदवार बनाउने यसअघि नै तयारी थालेको छ । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार अर्को व्यक्तिका बारेमा अहिले कल्पना पनि गरिएको छैन ।

चितवन–२ मा आगामी वैशाख १० गते उपचुनाव हुँदै छ । निर्वाचन आयोगले चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन क्षेत्रमा पनि एकैदिनमा चुनाव गराउने तयारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले ‘सांसदको उमेदवार हुन नेपाली नागरिक हुनु अनिवार्य हुने’ फैसला सुनाएपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गएको थियो । फैसलाको दोस्रो दिन नै रवि लामिछानेले नेपाली नागरिकता लिएका थिए ।

रास्वपाले औपचारिक निर्णय गर्न बाँकी रहे पनि सभापति रवि लामिछानेलाई नै चितवन–२ मा पुनः उमेदवार बनाउने पक्का छ ।

“हाम्रोमा औपचारिक निर्णयका लागि प्रस्ताव हुन्छ । प्रस्तावमा एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी इलेक्सन’बाट उमेदवार छानिने हो,” रास्वपाका महामन्त्री मुकुल ढकालले बाह्रखरीसँग भने, “तर, सभापतिको हकमा प्राइमरीले अर्को उमेदवार छान्न भन्न सकिने अवस्था छैन । त्यसैले औपचारिक निर्णय नभए पनि हाम्रो उमेदवार उहाँ नै हो ।”

ढकालका अनुसार उपचुनाव दुई वा तीन निर्वाचन क्षेत्रमा हुने भएकाले पार्टीले सबै क्षेत्रमा एक साथ उमेदवारका विषयमा निर्णय लिने बताए ।

चितवन–२ मा रास्वपाबाट रवि उमेदवार हुने निश्चित भएपछि अरु पार्टीमा पनि उमेदवारको खोजी सुरु भएको छ । नेपाली कांग्रेसमा यसअघि, चुनाव लडेका उमेश श्रेष्ठलाई उमेदवार बनाउने वा नबनाउने भन्नेमा फरक फरक मत छ ।

“उमेशजी राम्र्रो मान्छे हो, यसमा दुइमत छैन । तर, उहाँलाई चितवन कांग्रेसले र जनताले पनि अपनत्व लिएको देखिएन,” चितवनका एक कांग्रेस नेताले बाह्रखरीसँग भने, “फेरि उहाँले रविको उमेदवारी खारेजी पनि जुन प्रकारका माग लिएर निर्वाचन आयोग जाने र पत्रकार सम्मेलन गर्ने काम गर्नुभयो । त्यसले पनि उहाँ निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने देखाउँदैन ।”

तर उमेश निकट अर्का एक नेताले भने यसअघिको चुनावमा उहाँ नै रविको प्रतिष्पर्धी भएकाले पार्टीले उहाँलाई नै मौका दिनुपर्ने बताउँछन् । श्रेष्ठले अहिलेसम्म चुनावका बारेमा सार्वजनिकरुपमा केही भनेका छैनन् ।

नेपाली कांग्रेसबाट अहिले श्रेष्ठबाहेक जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जितनारायण श्रेष्ठ आकांक्षीका रुपमा देखिएका छन् । उनीहरु दुवै क्षेत्र नम्बर–२ कै बासिन्दा र मतदातासमेत हुन् ।

अर्थविद डा. स्वर्णीम वाग्लेलाई सम्भावित उमेदवारका रुपमा यसअघि प्रस्तुत गर्ने गरिए पनि उनले चितवन–२ को उपचुनावमा उमेदवारको अकांक्षी नरहेको घोषणा गरिसकेका छन् ।

बाह्रखरीसँग उनले आफूले मागेको क्षेत्रमा कांग्रेसले टिकट नदिएको भन्दै अहिले उपचुनावमा आफू अकांक्षी नरहेको बताएका थिए । जिल्ला सभापति खनालले भने आफू उमेदवारको आकांक्षी रहेको भन्दै घोषणा भने जिल्ला कार्यसमिति र निर्वाचन क्षेत्रका अन्य साथीहरुसँगको परामर्शपछि मात्र गर्ने बताए ।

त्यसबाहेक पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग पनि छलफल गरेर निर्णयमा पुग्ने उनको तयारी छ ।

“यहाँ उमेदवार मात्र बन्नुको कुनै अर्थ छैन । जित्नेगरी उमेदवार बन्ने हो । त्यसरी उमेदवार बन्न पहिले यहाँका आकांक्षीसहितका साथीहरुसँग छलफल गर्ने हो,” जिल्ला सभापति खनालले बाह्रखरीसँग भने, “त्यसपछि सभापतिज्यू र केन्द्रका नेताहरुसँग छलफलपछि म उमेदवार बन्ने कुरा सार्वजनिक गर्नेछु ।”

चितवन–२ मा उमेदवारको आकांक्षा राख्ने अर्का व्यक्ति हुन्– जिल्ला कार्यसमितिका पूर्वसभापति जितनारायण श्रेष्ठ । उनले जिल्लाका साथीहरुको रोजाइकै उमेदवार बनाउँदा कांग्रेसले चुनाव जित्ने दाबी गर्दै आफू उमेदवार बन्न इच्छुक भएको बताए ।

“चितवन–२ को उपचुनावमा म उमेदवार बन्न चाहन्छु । नेविसंघ अध्यक्षदेखि पार्टी सभापति भएर यहाँका साथीहरुसँगै सहकार्य गरेको छु । चुनाव जित्नेमा विश्वस्त पनि छु,” श्रेष्ठले भने, “कतिपय साथीहरु रविजीसँग चुनाव लड्न डराएको पनि मैले देखेको छु ।”

उनले क्षेत्र नम्बर–२ कै र जिल्लाबासीसँग काम गरेको व्यक्ति उमेदवार बने चुनाव कांग्रेसले नै जित्ने दाबी पनि गरे । ‘सर्वोच्चको फैसलापछि रविको थप क्रेज देखियो भन्ने छ नि ?’ भन्ने प्रश्नमा श्रेष्ठले त्यो गलत भएको बताए ।

“गत वर्ष मंसिरको हकमा भन्ने हो भने रविजीको व्यापक क्रेज देखिएको थियो । उहाँलाई जिताएर पठाएपछि सबै समस्या समाधान हुन्छन् भन्ने धारणा नै देखिएको थियो,” श्रेष्ठले भने, “तर, उहाँ निर्वाचित भएर गएपछि सांसद र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहँदा स्थानीय नागरिकमा सोचेजस्तो होइन रहेछ भन्ने रियलाइजेसन भएको पाएको छु ।”

कांग्रेसमा जस्तै नेकपा (एमाले)मा पनि उक्त क्षेत्रमा प्रतिस्पर्धाको आकांक्षीहरुको संख्या एकभन्दा बढी छ । यसअघि, चितवन एमालेका पूर्वअध्यक्ष समेत रहेका एमाले पोलिट्ब्युरो सदस्य कृष्णभक्त पोखरेल चुनाव लडेकोमा अहिले वैकल्पिक उमेदवारको खोजी भइरहेको एमाले स्रोत बताउँछ ।

पोखरेलले पनि चुनाव हारेकाले उपचुनावमा खास चासो देखाएका छैनन् । उनले पार्टीले निर्णय नै गरेर चुनाव लड भनेको अवस्थामा आफू तयार हुने बताउँदै चुनाव हारेको एक वर्ष पनि नभएकाले फेरि आफू नै उमेदवार हुनुपर्छ भनेर नलाग्ने उनका निकटहरुसँग बताउने गरेका छन् ।

आफूबाहेकको उमेदवार पार्टीले छानेमा जिताउनका लागि आफू लाग्ने उनको भनाइ छ ।

यो क्षेत्रमा महानगरको चुनावमा उमेदवार बनेका विजय सुवेदीलाई पनि उमेदवारका रुपमा हेरिएको थियो । तर, सुवेदीले पनि आफू अहिले चुनावको तयारीमा नरहेको बताएका छन् ।

चितवन–२ मा चुनाव लड्नका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहित देवी ज्ञवाली र खुमनारायण श्रेष्ठको नाम पनि चर्चामा छ । जिल्ला अध्यक्ष न्यौपाने अहिले प्रारम्भिक छलफल मात्र सुरुआत भएको भन्दै आवश्यक समयमा सर्वसम्मत रुपमा उमेदवारको टुंगो लाग्ने बताउँछन् ।

“प्रारम्भिक छलफल सुरुआत भएको छ । टुंगोमा पुग्न केही समय लाग्छ । पार्टीले क्षेत्रीय कमिटीसँग सिफारिस माग्छ वा सिधै जिल्ला कमिटीलाई टुंग्याउन निर्देशन दिन्छ,” अध्यक्ष न्यौपानले बाह्रखरीसँग भने, “विभिन्न नाममा चर्चा भए पनि सर्वसम्मत एकजनाको नाम टुंग्याउँछौँ ।”

भरतपुर महानगरको मेयरमा गत वर्ष पराजित भएका एमाले नेता विजय सुवेदी चुनावबारे धेरै छलफल भइनसकेको भन्दै अघिल्ला निर्वाचन, राष्ट्रिय राजनीतिको समीकरणमा भएको अदलबदलपछि कसरी अघि जान्छ भन्ने प्रष्ट कुरा आइनसकेको बताउँछन् । तर, उनी आफू भने उमेदवारी दिने दौडमा छैनन् ।

“मेरो व्यक्तिगत सोचाइ छैन । पार्टीबाट निर्णय भए स्वीकार गर्ने कुरा भइहाल्छ । देश र जनताका लागि आफूले जे गर्न सकिन्छ गर्ने हो,” सुवेदीले बाह्रखरीसँग भने, “त्यसका लागि पदमा नै पुग्ने कुरा होइन, जहाँ बसेर भए पनि गर्न सकिन्छ । कस्तोखालको व्यक्तित्व र नेतृत्व आवश्यक छ, त्यो केन्द्रले निक्र्यौैल गर्ला ।”

सत्तारूढ दलसँग चुनावी गठबन्धन हुँदैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सत्ता गठबन्धनमा रास्वपा सहभागी भए पनि चुनावी गठबन्धन भने नहुने बताएको छ । उसले चुनावी गठबन्धन गर्नु नै नहुने भन्दै चुनावपछिको गठबन्धन भने आवश्यकताअनुसार हुनसक्ने बताएको छ ।

“हामी सत्ता गठबन्धनमा आबद्ध भए पनि, नभए पनि चुनावी गठबन्धन भने कसैसँग गर्दैनौँ र यसले सत्ता गठबन्धन हुने वा नहुने कुराको अर्थ पनि राख्दैन,” रास्वपाका महामन्त्री ढकालले भने, “हामी त चितवन–२

मा मात्र होइन, अन्यत्र जहाँ उपचुनाव भए पनि चुनावी गठबन्धनमा सामेल हुँदैनौँ ।” उनले रास्वपाले आफूलाई परीक्षण गर्न आवश्यक रहेको भन्दै अरु दलको सहयोगमा चुनाव जित्ने पक्षमा रास्वपा नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय