बिहिबार , बैसाख १३, २०८१

राजनीति
सोचेजस्तो भयो भन्दै रबि लामिछाने भए खुशी, गौतमबुद्ध रंगशालाको काम अघि बढाइँदै, प्रचण्डको बिशेष सहयोग
सडकसंचार संवाददाता March 19, 2023
भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ ।

भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताइन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले रंगाशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम गर्न लागिएको हो ।

प्रमुख दाहालले भनिन्, ‘रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो ।’

खेलकुद मन्त्रालयले तत्कालीन शहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ ।

सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ ।

यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं-३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुन । जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ ।

तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।

निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा ५७ करोड ९२ लाख खर्च भएको छ ।

सोमध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख उठेको कट्टेलले बताए । रकम तिर्न नसकेपछि २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो ।

निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो ।महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

त्यसैगरी सुन्दर काठमाडौ बनाउन बालेनलाई प्रचण्डले पूरा सहयोग गर्ने श्रोतले जनाएको छ । सुकुम्बासीलाई नै चित्त बुझ्नेगरि काम अगाडि बढाउन पहल गर्ने दुबै सहमत भएका छन ।

‘चिफ कन्क्लेभ’ तयारी
काठमाडौँ — सेना दिवसको अवसरमा नेपाली सेनाले वर्तमान र पूर्वमानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्ने भएको छ । त्यसका लागि भारतका वर्तमान र अवकाश प्राप्त मानार्थ महारथीहरूलाई बोलाइएको छ ।

नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यस पटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी कृष्ण भण्डारीले भने ।

मानार्थ महारथीहरू फागुन ५ मा आएर तीन दिन बस्नेछन् । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा उनीहरू उपस्थित हुनेछन् ।

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ ।

कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरूसहित नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू (भारतीय सेनाका मानार्थ महारथीहरू) को उपस्थिति हुनेछ ।

जसमा हालका भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित अवकाश प्राप्त सेनाध्यक्षहरू विश्वनाथ शर्मा, शंकर रोय चौधरी, सुन्दरारञ्जन पद्मनावन, निर्मल चन्द्रर भिज, जोगेन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोजमुकुन्द नरवणे रहेका छन् ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले भने पहिलो पटक गर्न लागेको प्रवक्ता भण्डारीले बताए ।‘एक दर्जन मानार्थ महारथीहरूलाई निम्तो पठाइएको छ, भारतबाट को–को आउनुहुन्छ भन्ने केही समयपछि मात्र थाहा हुनेछ,’ उनले भने ।

सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए ।उक्त परम्परा २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल र बेल्बासेको चर्चा, जसपाको पनि दाबी
काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालसँगै गंगा बेल्बासेको चर्चा चलेका बेला जनता समाजवादी पार्टीले पनि दाबी गरेको छ । जसपाले पार्टीबाट राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई उपाध्यक्ष बनाउन चाहेको छ ।

माओवादी केन्द्रले भने सांसद अर्याललाई अगाडि बढाउने सम्भावना रहेको छ । पार्टीमा वरिष्ठ भएको र संसदीय दल एवं संसदीय समितिमा जिम्मेवारी नपाएकाले अर्याललाई उपाध्यक्ष बनाउने बताइएको छ । राष्ट्रिय सभामा पार्टीकी सचेतकसमेत रहेकी गंगा बेल्बासेले पनि उपाध्यक्षमा दाबी गरिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय