शनिबार , बैसाख ८, २०८१

काठमाडौं

कोरोना संक्रमणपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ।

शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा शनिबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । उनका अनुसार छोरी प्रेरणालाई भने अक्सिजन सपोर्ट दिनुपरेको छैन।

नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाका अनुसार कोभिडको बिरामी र उमेरका कारण पनि राजदम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको हो । शनिबार केही लक्षण देखिए पनि आज लक्षण हराएको उनले बताए ।

पूर्वराजदम्पतीलाई भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर आएपछि कोरोना संक्रमण भएको थियो।

दिल्ली विमानस्थलबाट नेपाल आउने क्रममा गरिएको कोरोना परीक्षणमा उनीहरुमा नेगेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय