शुक्रबार , बैसाख ७, २०८१

राजा र जनता भनेका नङ र मासुु हुन याे कसैले छुटाउन सक्दैन ,राजा ज्ञानेन्द्र भगवान हुन Sarada Shahi

र यो पनि

गृहमन्त्री बनेपछि नै अनुसन्धान गर्न आनाकानी गरेको प्रहरीले रवि लामिछाने विरुद्धको जाहेरीमा अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालय, काठमाडौंमा बुझाएको छ।

 

अमेरिकाबाट फर्किएपछि पुरानै नम्बरको दोस्रो राहदानी लिएको र त्यसको प्रयोग नभएकाले मुद्दा चलाउन नसकिने प्रहरीको अनुसन्धान प्रतिवेदनमा रहेको सरकारी वकीलको कार्यालय स्रोतले बतायो। यसका साथै लामिछाने नेपाली नागरिकका रूपमा अमेरिका गएको र

 

नागरिकता पुनःप्राप्ति मात्र नगरेकाले विदेशी सरह व्यवहार गर्न नमिल्ने पनि प्रहरी अनुसन्धानमा उल्लेख छ। राहदानी दुरुपयोग गरेको समेत नदेखिएकाले प्रहरीले मुद्दा चलाउन नसकिने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। सरकारी वकीलको कार्यालयले भने मुद्दा चलाउन सकिने/नसकिने टुङ्गो लगाएको छैन।

 

“आइतबारसम्म निर्णयमा पुग्छौं,” सरकारी वकील कार्यालयका ती अधिकारीले भने। मुद्दा नचलाउने निर्णयमा सहमत भएमा कानूनतः फाइल उच्च सरकारी वकीलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुग्छ। महान्यायाधिवक्ता कार्यालयले अन्तिम निर्णय गर्नेछ।

 

प्रहरीले फागुन ३० गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो। गत माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर्‍याएपछि उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पद एकसाथ गुमाएका थिए। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक

 

बनेका लामिछानेले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गराउने कानूनी प्रक्रिया पूरा गरेका थिएनन्। जसका कारण सर्वोच्चले उनको नागरिकता अवैध ठहर्‍याएको थियो। सर्वोच्चको फैसलापछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन्।

 

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि बनेका छन् । गत मंसीरमा गृह मन्त्रालय हुँदै अनुसन्धानका लागि जाहेरी प्रहरी कार्यालय पुगेको थियो । तर , अनुसन्धान हुँदाहुँदै लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री बनेपछि प्रहरीले अनुसन्धान रोकेको थियो ।

 

सर्वोच्चको फैसलासँगै पदबाट बाहिरिएपछि प्रहरी अनुसन्धान फेरि अगाडि बढेको थियो। तर, लामिछानेको बदनियत नदेखिएको प्रहरी निष्कर्ष छ। यद्यपि राहदानी ऐनले झूटो विवरण दिई राहदानी लिन नहुने भनेको छ। लामिछानले निष्क्रिय नागरिकतालाई नै सक्रिय सरह प्रयोग गरेर नयाँ राहदानी लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय