बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो ।

अधिवेशनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने भएका हुन् । प्रस्ताव दर्ता हुनलागेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक डाकेका छन् ।

ओलीले आफूविरोधी समानुपातिकतर्फका सांसदहरुलाई हटाउने निर्णय लिन लागेका हुन् । अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गरी ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ ।

 

यो पनि पढ्नुहोस् ।

एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

काठमाडाै। प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् ।

ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ ।

 संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई सभामुखले आड्काएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासा बेलाएको सर्वदलीय बैठकमा सभामुखले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे ।

बैठकमा एसीसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरुले गरेको विरोधप्रति आपत्ति जनाएका थिए ।

 प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन एमसीसीलाई पारित गर्ने तयारीमा देखिएका छन् । संसदबाट एमसीसी पास गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने र सत्ता टिकाउने दाउमा प्रधानमन्त्री ओली रहेका छन् ।

प्रम ओलीले बनाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र माधव नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएनन् ।

– शिखर न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय