बिहिबार , बैसाख १३, २०८१

१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न,

 

। शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण आधार हो । घर जग्गा लगायत सम्पत्तिको प्राप्ति र हस्तान्तरण, राहदानी प्राप्ति, मताधिकार, बैंङ्क खाता जस्ता विभिन्न काममा नागरिकता अनिवार्य हुन्छ ।२. नेपालमा नागरिकता कति किसिमका छन् ? नेपालको संविधान र ऐन कानून अनुसार ४ किसिमका नागरिकता रहेको छ ।

 

। जसमा वंशज, जन्मको आधार, अङ्गीकृत र सम्मानार्थ नागरिकता हुन् । ३. नागरिकता प्रमाणपत्रको हिफाजत कसरी गर्ने ? खोल हाल्ने की लेमिनेशन गर्ने ?नागरिकता जस्तो महत्वपूर्ण एवं संवेदनशील कागजातलाई हिफाजतसाथ प्रयोग गर्ने र राख्ने गर्नु पर्दछ । अरुको नागरिकता प्रयोग गरेर गैरकानूनी काम गर्न सक्ने हुँदा आफ्नो नागरिकता अरुलाई प्रयोग गर्न दिनु हुँदैन । नागरिकताको कार्ड प्रिन्ट गरेको हुन्छ र यसमा लेख्न केर्ने वा कुनै संकेत गर्न हुँदैन ।

 

 

कार्डमा कुनै विवरण थप घट गर्नु नहुने हुँदा यसलाई प्लाष्टिकको खोलमा राख्न सकिन्छ वा लेमिनेशन गर्न सकिन्छ । तर नयाँ कार्डमा मसि सेट हुन केही समय लाग्ने भएको हुँदा लिएको महिना दिन पछि मात्र लेमिनेशन गर्दा उपयुक्त हुन्छ । त्यस वेला सम्म कागजमा बेरेर सुरक्षित राख्नु पर्छ ।४. नागरिकता कहिले बनाउने ? कति उमेर चाहिन्छ ? नागरिकता बनाउन आउने दिन १६ बर्ष उमेर पूरा भएको व्यक्तिले आफूलाई आवश्यक परेपछि नागरिकता बनाउन सक्दछ । सार्वजनिक विदा नपरेको, कार्यालय खुलेको जुनसुकै दिन पनि नागरिकता बनाउन सकिन्छ ।

 

 

५. कागजपत्र सक्कलै पेश गर्नुपर्ने हो कि फोटोकपी मात्रले पनि हुन्छ ? नागरिकता बनाउन चाहिने सवै कागजातहरुको फोटोकपी आवेदनसाथै पेश गर्नुपर्छ । कागजपत्रको सक्कल हेरेर मात्र आवेदन रुजु गरिने हुँदा सवै कागजपत्रको सक्कल प्रति पनि साथै लिइ आउनुपर्छ । रुजु गरे पश्चात सवै कागजपत्रका सक्कल भने फिर्ता पाइन्छ । ६. नागरिकता बनाउन कस्तो फोटो चाहिन्छ ?नागरिकता बनाउने ब्यक्तिको मात्र फोटो चाहिन्छ ।

।।

 

अभिलेखमा १, प्रमाणपत्रमा १ र आवेदन (अनुसूची) मा १ गरी जम्मा ३ प्रति एकै खालको फोटो चाहिन्छ । फोटोको आकार प्रकार २.५x३ से.मी., रातो पृष्ठभूमी नभएको, फोटोमा बोर्डर नभएको, दुवै कान सहित प्रष्ट रुपमा मुखाकृति देखिएको, चश्मा नलगाएको, अधिकमात्रामा गरगहना वा अन्य सृङ्गारका सामान नपहिरिएको, ढाकाटेपी बाहेक अन्य टोपी नलगाएको (धार्मिक साँस्कृतिक बाहेक), रंगिन फोटो हुनुपर्दछ ।

 

 

७. नागरिकता लिन कति समय लाग्छ ? आफू स्थायी रुपले बसोबास गरेको वडाबाट सिफारिश भइ आएको र रित पुगेको आवेदन भएमा नागरिकता बनाउन खासै समय लाग्दैन । आवेदन बुझाएको केही घण्टा भित्रै नागरिकता बन्छ ।आफू स्थायी रुपले बसोबास गरेको वडाबाट सिफारिश भइ आएको र रित पुगेको आवेदन भएमा नागरिकता बनाउन खासै समय लाग्दैन ।

 

 

आवेदन बुझाएको केही घण्टा भित्रै नागरिकता बन्छ ।सर्बप्रथम नागरिकताको अनुसूची फारममा सवै विवरण ठिकसँग भर्ने र फोटो टाँस गरी आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयमा फारम बुझाउनु पर्छ । वडाले फारममा सिफारिश गर्दछ । यस्तो फारममा वडाबाट सिफारिश गराउँदा फोटोमा समेत सम्बन्धित वडा कार्यालयबाट हस्ताक्षर गरी प्रमाणित गराउनुपर्ने हुन्छ ।

 

 

यसपछि आवश्यक सवै कागजात संगल्न राखी नागरिकता फाँट कोठा नं १०६ मा पेश गर्नु पर्छ । काजगात सवै दुरुस्त भएफाँटवाट सक्कल अनुसार रुजु गरिन्छ । यस पछि सनाखन गर्नेले र नागरिकता लिनेले सहिछाप गरिदिनु पर्दछ । त्यसपछि नागरिकताको कार्ड तयार भई प्रशासकीय अधिकृतबाट हस्ताक्षर हुन्छ, नागरिकताको अभिलेखमा नागरिकता प्राप्त गर्ने व्यक्तिले ल्याप्चे सहिछाप गर्ने र प्रमाणपत्र बुझ्ने काम हुन्छ।

 

 

१२. सनाखत के हो ? सनाखत कस्ले गर्नुपर्छ ? कहाँ र कसरी गर्नु पर्छ ?नागरिकताको निवेदन दिने मानिस मेरो तीनपुस्ता भित्रको नाताको व्यक्ति हो, निजलाई नेपाली नागरिकता दिएमा पछिसम्म फरक पर्ने छैन । फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला भनी कार्यालयमा उपस्थित भई सहिछाप गर्ने काम सनाखत हो ।।

 

सनाखतको लागि एकाघरका वा नाता खुलेको अभिभावक हुनुपर्दछ । सम्भव भएसम्म बाबु वा आमाले सनाखत गर्नु पर्दछ । सो नभएमा तीन पुस्ता भित्रका बंशज खुलेका अभिभावकले सनाखत गर्न सक्दछ । आमाले सनाखत गर्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय